१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मिर्मिरे लघुवित्तको खुद नाफामा १९३ दशमलव ३३ प्रतिशतकाे वृद्धि

११ कार्तिक २०७८, बिहीबार ०४:४०

न्युज कारखाना | कात्तिक ११, काठमाडौं | मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले र्वजनिक गरेको विवरण अनुसार सो अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार गरेको देखिएको छ। 

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा दुई करोड १७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको खुद नाफा १९३ दशमलव ३३ प्रतिशतले बढेको हो । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५८ दशमलव ६२ रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा २१ दशमलव ६१ रुपैयाँ रहेकोमा ३७ दशमलव ०१ रुपैयाँले बढेको हो ।

त्यस्तै, समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११५ दशमलव ७१ प्रतिशत बढेर १३ करोड ३३ लाख ५८ हजार रहेको छ । त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा १९३ दशमलव ३३ प्रतिशतले बढेर १० करोड १२ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी आठ दशमलव १३ प्रतिशत बढेको छ भने जगेडा कोष १७० दशमलव ७६ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ९२ दशमलव ७३ प्रतिशत छ । कम्पनीको निक्षेप संकलव ३७ दशमलव ०८ प्रतिशतले बढेको छ भने कर्जा ७४ दशमलव ५० प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ अर्ब १३ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट पँच अर्ब ४६ करोड ६ लाख रुपैयाँ सापटी लिएर आठ अर्ब ११ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन