2026-10-12 09:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मिर्मिरे लघुवित्तको खुद नाफामा १९३ दशमलव ३३ प्रतिशतकाे वृद्धि

न्युज कारखाना | कात्तिक ११, काठमाडौं | मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले र्वजनिक गरेको विवरण अनुसार सो अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार गरेको देखिएको छ। 

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा दुई करोड १७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको खुद नाफा १९३ दशमलव ३३ प्रतिशतले बढेको हो । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५८ दशमलव ६२ रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा २१ दशमलव ६१ रुपैयाँ रहेकोमा ३७ दशमलव ०१ रुपैयाँले बढेको हो ।

त्यस्तै, समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११५ दशमलव ७१ प्रतिशत बढेर १३ करोड ३३ लाख ५८ हजार रहेको छ । त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा १९३ दशमलव ३३ प्रतिशतले बढेर १० करोड १२ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी आठ दशमलव १३ प्रतिशत बढेको छ भने जगेडा कोष १७० दशमलव ७६ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ९२ दशमलव ७३ प्रतिशत छ । कम्पनीको निक्षेप संकलव ३७ दशमलव ०८ प्रतिशतले बढेको छ भने कर्जा ७४ दशमलव ५० प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ अर्ब १३ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट पँच अर्ब ४६ करोड ६ लाख रुपैयाँ सापटी लिएर आठ अर्ब ११ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम