२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तान पराजित भएपछि तालिवानले भन्यो: मैदानमा युद्ध एक योद्धा मात्र लड्छन्

१३ कार्तिक २०७८, शनिबार ०७:०४

कात्तिक १३, काठमाडौं | टी-२० विश्वकप क्रिकेटमा शुक्रबार अफगानिस्तान पाकिस्तानसँग पराजित भएपछि तालिवानले प्रतिक्रिया दिएको छ। तालिवानले खेलाडीहरू अझ दृढताका साथ मैदानमा खेल्नु पर्ने प्रतिक्रिया दिएको हो।

अफगानिस्तान पराजित भएपछि आफू अचम्ममा परेको तालिवानका नेता अनस हक्कानीले प्रतिक्रिया दिए । उनले पराजयले खेलाडीहरूलाई मैदानमा अझ बलियो रूपमा लड्न साहस दिएको बताए। हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीका छोरा अनास हक्कानीले खेलपछि सामाजिक सञ्जालमा आफ्नो टोलीलाई प्रोत्साहन गरेका थिए। 

मिर्जा अजीम बेगको एउटा कवितालाई उद्धृत गर्दै उनले लेखेका छन्, ‘मैदानमा युद्ध एक योद्धा मात्रै लड्छन्। घुँडा टेकेर हिड्ने बच्चालाई के था ?’

https://twitter.com/AnasHaqqani313/status/1454147710718824449

अनस हक्कानी सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् र अफगानिस्तान क्रिकेट टोलीका धेरै ठूला खेलाडीहरूले उनलाई फलो गर्छन् । उनको यो ट्विटलाई समाचार तयार पार्दासम्म करिब १४ हजार लाइक प्राप्त भएको छ। 

हक्कानी नेटवर्क तालिवानको सहयोगी हो। यस नेटवर्कमा आतंकवादी गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ। तालिवानले यसै वर्ष १५ अगस्टमा अफगानिस्तान कब्जा गरेको थियो। तालिबानले खेलको विरोध गर्दै आएको छ। तर, अब विस्तारै उनीहरुको मनोवृत्ति परिवर्तन हुँदै गएको छ।

अफगानिस्तान पराजित 

यूएईमा पाकिस्तानको शानदार बलिङका अगाडि अफगानिस्तानले पावरप्लेमा चार विकेट गुमाएको थियो। तर, कप्तान मोहम्मद नाबी र गुलबदिन नाइबबीच सातौं विकेटका लागि ४५ बलमा ७१ रनको अविजित साझेदारी भयो।

र, अफगानिस्तानको स्कोर छ विकेटमा १४७ रन पुगेको थियो। अफगानिस्तानले १८औं ओभरमा इनिङ्सको सर्वाधिक २१ रन जोड्यो। यसमा नाइबले एक छक्का र दुई चौका प्रहार गरे। नाइब (२५ बलमा चार चौका र एक छक्का) र नाबी (३२ बलमा पाँच चौका) दुवैले अविजित ३५/३५ रन बनाए। 

यी दुईको बलमा अफगानिस्तानले अन्तिम तीन ओभरमा ४३ रन जोड्यो। यस्तै, जिबुल्लाह जद्रानले २२, करिम जन्नतले १५ तथा रहमानउल्लाह गुरबाज र असगर अफगानले १०/१० रन बनाए। बलिङमा इमाद वासिमले दुई, शादाब खान, हसन अली, हरिस रौफ र शाहीन शाह अफ्रिदीले एकएक विकेट लिए।

अफगानिस्तानले दिएको एक सय ४८ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि आसिफ अलीले आक्रामक पारी खेले । उनले सात बलमा चार छक्कासहित अविजित २५ रन बनाए। आसिफले अन्तिम ओभरमा चार छक्का हिर्काउँदै टिमलाई जित दिलाए।

त्यस्तै, कप्तान बाबर आजमले ५१, फखर जमानले ३०, शोयब मलिकले १९, मोहम्मद अफीजले १० र मोहम्मद रिजवानले आठ रनको योगदान दिए। बलिङमा राशिद खानले दुई, मुजिबउर रहमान, नवीन–उल–हक र मोहम्मद नाबीले एक/एक विकेट लिए।

अंक तालिकामा अफगानिस्तानको टोली अझै दोस्रो स्थानमा छ। अफगानिस्तानले एक खेलमा जित र एकमा हार व्यहोरेको छ । अफगानिस्तानले अझै तीन खेल खेल्न बाँकी छ। अर्थात् सेमिफाइनल पुग्ने आशा जीवितै छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता