2026-09-22 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेबनानविरुद्ध अभिषेक र मनिषले अग्रपंक्ति सम्ल्हाने

कात्तिक १४, काठमाडौं | एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अहिले केही समयपछि लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेलअघि प्रशिक्षक बालगोपाल महर्जनले नेपालको सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक गरेका छन् । 

लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित गोलरक्षक अर्पण कार्कीले गर्नेछन् । नेपाल र लेबनानका लागि याे खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । दुवै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराउँदै छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।

छनोटको समूह ’बी’ मा इराक र ताजकिस्तान विजेताको दौडमा रहेका छन् । इरान र ताजकिस्तानको समान दुई खेलबाट ६ अंक छ । नेपाल र लेबनान भने अंकविहीन छन् । समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले स्तब्ध भएको थियो  । 

नेपालको सुरुवाती ११

गोलरक्षक- अर्पण कार्की (कप्तान) 

डिफेन्डर- सुमन अर्याल, सुरजजिउ ठकुरी, राजन गुरुङ, सेसेहाङ आङ्देम्बे 

मिडफिल्डर- नितिन थापा, दर्शन गुरुङ, एरिक विष्ट

स्ट्राइकर-आयुष घलान, मनिष डाँगी, अभिषेक रिजाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने