७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ७२ दशमलव ७१ प्रतिशतले बढ्यो

१६ कार्तिक २०७८, मंगलवार ०६:२६

कात्तिक १६, काठमाडौं | सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकले तीन महिनामा पाँच करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ७२ दशमलव ७१ प्रतिशतले बढी हो । गत वर्ष बैंकले तीन करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३७ दशमलव ०२ प्रतिशत र सञ्चालन नाफा १४२ दशमलव ६३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन  ४५ दशमलव ५० प्रतिशत र कर्जा लगानी ५६ दशमलव ५० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको वितरण योग्य नाफा भने एक करोड २० लाख रुपैयाँ ऋणात्मक छ । 

यस अवधिमा बैंकको खराब कर्जा भने एक दशमलव ६४ प्रतिशतमा झरेको छ । त्यस्तै, सांग्रिलाको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ २४ पैसा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी