2026-09-21 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कहाँ अड्कियो गण्डकीको लाइफलाइन ?

कात्तिक २१, पोखरा | प्रदेशको सीमांकन गर्ने बेलामा उत्तर दक्षिण जोड्ने गरी नवलपुरलाई गण्डकीमा मिसाइयो । साविकको नवलपरासी जिल्लालाई टुक्रयाएर आधा जिल्ला गण्डकी र बाँकी आधा लुम्बिनीमा मिसाइएको हो । भूगोलका हिसावले गण्डकी नेपालका छिमेकी दुवै देशसँग जोडिएको छ । त्यसैले प्रदेश सरकार गठन भएकै बेला त्रिवेणी–कोरला सडकलाई प्रदेशको लाइफलाइनको रूपमा अघि सारियो । प्रदेश गौरवको योजना अन्तर्गत पर्ने यो आयोजनाका विभिन्न खण्ड अन्य सडक आयोजना अन्तर्गत पर्छन् ।

दुलेगौंडादेखि पोखरासम्म पृथ्वी राजमार्ग, पोखरादेखि याम्दीसम्म पोखरा महानगरको सडक छ भने याम्दीदेखि मालढुंगासम्म मध्येपहाडी राजमार्ग पर्छ । त्यहाँबाट कोरला कालिगण्डकी कोरिडोर मातहत छ । कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनामध्ये छ वटा खण्डको काम सकिएको छ ।

१० वटा प्याकेजमा ठेक्का लगाइएकोमा बेनी-जोमसोम र चराङदेखि छोसेरसम्मको सडक स्तरोन्नति बाँकी छ । २५ किलोमिटर दूरीको यो खण्ड तामाङ-गौरी पार्वती-सप्तकोसी जेभीले ठेक्का लिएको हो ।

भेनादेखि घिलिङ, कागबेनीदेखि ताङवे, ताङ्वेदेखि चैले, चैलेदेखि चराङ र छोसेरदेखि कोरला खण्डको सडक स्तरोन्नति भइसकेको आयोजनाले जनाएको छ । जोमसोमदेखि कागबेनीसम्मको खण्डमा कालोपत्रे गरिँदै छ । यो खण्ड २५ किलोमिटरको छ । ग्राभेल सकेर कालोपत्रे गर्न लागिएको हो । बेनीदेखि कोरलासम्म १८६ किलोमिटर सडक छ । त्यसमध्ये जोमसोम कोरला ११० किलोमिटर छ भने बेनीदेखि जोमसोमसम्म ७६ किलोमिटर छ ।

बेनी-जोमसोम खण्ड भने चार प्याकेजमा काम भइरहेको छ । म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्म र राहुघाटदेखि बेगखोलासम्म कालोपत्रे गर्न थालिएको छ । यो दुईवटा खण्ड २५ किलोमिटरको छ । कैकुखोलादेखि खन्तीसम्मको सडकमा कालोपत्रेको काम सकिन लागेको छ । यो करिब १७ किलोमिटर लामो छ । सबैभन्दा जोखिमपूर्ण र काम गर्न सकस परेको नारच्याङदेखि कैकुखोला अन्तर्गत काभ्रे, बादरजुङ, घोप्टेभीर लगायत क्षेत्रमा समस्या परेको छ । कडा चट्टान र लेदो माटो भएकोले काम गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । कोवाङ-जोमसोम १८ किलोमिटर सडकसमेत कालोपत्रेको प्रक्रियामा छ । यता बेनीदेखि मालढुंगा सडकमा भने फराकिलो बनाउनै बाँकी छ ।

यो सडकअन्तर्गत गत वर्षसम्म पाँच अर्ब १३ करोड खर्च भइसकेको छ । यो वर्ष थप एक अर्ब ३० करोड विनियोजन भएको आयोजनाले जनाएको छ । यो वर्ष सबै खण्डको काम पूरा हुने आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए । मालढुंगापछि पोखराको याम्दीसम्म मध्येपहाडी लोकमार्ग पर्छ । यसको पनि स्तरोन्नती भैरहेको छ । त्यहाँबाट पोखरा सडक र पोखरादेखि दुलेगौंडासम्मको सडकमा समस्या खासै छैन । त्यसपछि पूरै जिम्मा प्रदेश सरकारको छ । उत्तर–दक्षिण राजमार्ग अन्तर्गत भीमाददेखि डेढ गाउँ हुँदै त्रिवेणीदेखि सुस्ता जोड्ने सडकको अधिकांश ट्रयाक खुलेको छ । डेढगाउँदेखि झ्यालवास खण्ड डबल लेनको बनाउन ठेक्का लागिसकेको छ ।

यद्यपि, दुम्कीबासदेखि त्रिवेणी खण्डमा पूर्ण अवरोध छ । चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा यो सडक खण्डको आठ किलोमिटर पर्छ । ‘दुम्कीबासबाट त्रिवेणीका लागि अघिल्लाे सरकारले पैसा छुट्यायो, निकुञ्जका कारणले काम गर्न सकेन । पैसा त जतिबेला पनि हामीसँग हुन्छ, तर प्रक्रियामा लैजान सकिएको छैन,’ गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले न्युज कारखानासँग भने, ‘निजकुन्जबाट यो क्षेत्र छुटिने वित्तिकै काम अघि बढ्छ । केन्द्र सरकारलाई भनेका छौं । यदी हाम्रो माग सुनिएन भने सुरुङमार्ग बनाएर भए पनि सडक खोल्छौं ।’

सुरुङमार्ग बनाउनका लागि १८ देखि २० अर्ब लाग्ने अनुमान छ । यो ट्रयाक खोल्न मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्रसमेत बुझाएका छन् । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुन्जको केही भाग गण्डकी प्रदेशमा पर्छ । भारतको सिमानामा छोटी भन्सारसमेत छ । तर, यहाँबाट कारोबार भने भएको छैन । कोरलामा पनि सरकारले भन्सार निर्माणको तयारी थालेको छ । यसलाई रणनीतिक सडकको रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो