७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कहाँ अड्कियो गण्डकीको लाइफलाइन ?

२१ कार्तिक २०७८, आईतवार ११:१९

कात्तिक २१, पोखरा | प्रदेशको सीमांकन गर्ने बेलामा उत्तर दक्षिण जोड्ने गरी नवलपुरलाई गण्डकीमा मिसाइयो । साविकको नवलपरासी जिल्लालाई टुक्रयाएर आधा जिल्ला गण्डकी र बाँकी आधा लुम्बिनीमा मिसाइएको हो । भूगोलका हिसावले गण्डकी नेपालका छिमेकी दुवै देशसँग जोडिएको छ । त्यसैले प्रदेश सरकार गठन भएकै बेला त्रिवेणी–कोरला सडकलाई प्रदेशको लाइफलाइनको रूपमा अघि सारियो । प्रदेश गौरवको योजना अन्तर्गत पर्ने यो आयोजनाका विभिन्न खण्ड अन्य सडक आयोजना अन्तर्गत पर्छन् ।

दुलेगौंडादेखि पोखरासम्म पृथ्वी राजमार्ग, पोखरादेखि याम्दीसम्म पोखरा महानगरको सडक छ भने याम्दीदेखि मालढुंगासम्म मध्येपहाडी राजमार्ग पर्छ । त्यहाँबाट कोरला कालिगण्डकी कोरिडोर मातहत छ । कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनामध्ये छ वटा खण्डको काम सकिएको छ ।

१० वटा प्याकेजमा ठेक्का लगाइएकोमा बेनी-जोमसोम र चराङदेखि छोसेरसम्मको सडक स्तरोन्नति बाँकी छ । २५ किलोमिटर दूरीको यो खण्ड तामाङ-गौरी पार्वती-सप्तकोसी जेभीले ठेक्का लिएको हो ।

भेनादेखि घिलिङ, कागबेनीदेखि ताङवे, ताङ्वेदेखि चैले, चैलेदेखि चराङ र छोसेरदेखि कोरला खण्डको सडक स्तरोन्नति भइसकेको आयोजनाले जनाएको छ । जोमसोमदेखि कागबेनीसम्मको खण्डमा कालोपत्रे गरिँदै छ । यो खण्ड २५ किलोमिटरको छ । ग्राभेल सकेर कालोपत्रे गर्न लागिएको हो । बेनीदेखि कोरलासम्म १८६ किलोमिटर सडक छ । त्यसमध्ये जोमसोम कोरला ११० किलोमिटर छ भने बेनीदेखि जोमसोमसम्म ७६ किलोमिटर छ ।

बेनी-जोमसोम खण्ड भने चार प्याकेजमा काम भइरहेको छ । म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्म र राहुघाटदेखि बेगखोलासम्म कालोपत्रे गर्न थालिएको छ । यो दुईवटा खण्ड २५ किलोमिटरको छ । कैकुखोलादेखि खन्तीसम्मको सडकमा कालोपत्रेको काम सकिन लागेको छ । यो करिब १७ किलोमिटर लामो छ । सबैभन्दा जोखिमपूर्ण र काम गर्न सकस परेको नारच्याङदेखि कैकुखोला अन्तर्गत काभ्रे, बादरजुङ, घोप्टेभीर लगायत क्षेत्रमा समस्या परेको छ । कडा चट्टान र लेदो माटो भएकोले काम गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । कोवाङ-जोमसोम १८ किलोमिटर सडकसमेत कालोपत्रेको प्रक्रियामा छ । यता बेनीदेखि मालढुंगा सडकमा भने फराकिलो बनाउनै बाँकी छ ।


यो सडकअन्तर्गत गत वर्षसम्म पाँच अर्ब १३ करोड खर्च भइसकेको छ । यो वर्ष थप एक अर्ब ३० करोड विनियोजन भएको आयोजनाले जनाएको छ । यो वर्ष सबै खण्डको काम पूरा हुने आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए । मालढुंगापछि पोखराको याम्दीसम्म मध्येपहाडी लोकमार्ग पर्छ । यसको पनि स्तरोन्नती भैरहेको छ । त्यहाँबाट पोखरा सडक र पोखरादेखि दुलेगौंडासम्मको सडकमा समस्या खासै छैन । त्यसपछि पूरै जिम्मा प्रदेश सरकारको छ । उत्तर–दक्षिण राजमार्ग अन्तर्गत भीमाददेखि डेढ गाउँ हुँदै त्रिवेणीदेखि सुस्ता जोड्ने सडकको अधिकांश ट्रयाक खुलेको छ । डेढगाउँदेखि झ्यालवास खण्ड डबल लेनको बनाउन ठेक्का लागिसकेको छ ।

यद्यपि, दुम्कीबासदेखि त्रिवेणी खण्डमा पूर्ण अवरोध छ । चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा यो सडक खण्डको आठ किलोमिटर पर्छ । ‘दुम्कीबासबाट त्रिवेणीका लागि अघिल्लाे सरकारले पैसा छुट्यायो, निकुञ्जका कारणले काम गर्न सकेन । पैसा त जतिबेला पनि हामीसँग हुन्छ, तर प्रक्रियामा लैजान सकिएको छैन,’ गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले न्युज कारखानासँग भने, ‘निजकुन्जबाट यो क्षेत्र छुटिने वित्तिकै काम अघि बढ्छ । केन्द्र सरकारलाई भनेका छौं । यदी हाम्रो माग सुनिएन भने सुरुङमार्ग बनाएर भए पनि सडक खोल्छौं ।’

सुरुङमार्ग बनाउनका लागि १८ देखि २० अर्ब लाग्ने अनुमान छ । यो ट्रयाक खोल्न मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्रसमेत बुझाएका छन् । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुन्जको केही भाग गण्डकी प्रदेशमा पर्छ । भारतको सिमानामा छोटी भन्सारसमेत छ । तर, यहाँबाट कारोबार भने भएको छैन । कोरलामा पनि सरकारले भन्सार निर्माणको तयारी थालेको छ । यसलाई रणनीतिक सडकको रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश