Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जसले १०० शवसँग यौन सम्पर्क गरे

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २२, लन्डन | एजेन्सी | बेलायतका एक व्यक्तिले कम्तिमा १०० शवसँग यौन सम्पर्क गरेको स्वीकारेका छन् । दुई महिलाको हत्या गरेको आरोपमा १० वर्षअघि  पक्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मुर्दाघरका शवसँग घृणित कार्य गरेको स्वीकारेका हुन ।

फुलरले सन् १९८७ मा वेन्डी नेल र र क्यारोलिन पियर्स नाम गरेका दुई महिलाको हत्या गरेका थिए । उनी सन् २०११ को सेप्टेम्बरमा पक्राउ परेका थिए । फुलरले सन् १९८९ देखि २००० सम्म केन्ट एन्ड ससेक्स अस्पताल र टर्नब्रिज वेल्स हस्पिटलका  मुर्दाघरमा ल्याइएका महिलाका शवसँग यौन सम्पर्क गरेका थिए । उनले ११ बर्षीय किशोरीदेखि ८० वर्षीया बृद्धको शवसँग घृणित कार्य गरेका थिए ।

ती अस्पतालका मुर्दाघरमा उनले १२ वर्षसम्म इलेक्ट्रिसियनको रुपमा काम गरेका थिए । उनी राति अबेरसम्म काम गर्थे ।  एक पीडितकी आमाले एउटा सनसनीपूर्ण अन्तर्वार्तामा फुलरले आफ्नो २४ वर्षीय छोरी अजार केमेलको  शवलाई टनब्रिज वेल्स हस्पिटलमा पटक पटक बलात्कार गरेको बताएकी छिन् । २४ वर्षीय केमेलको लडेर मृत्यु भएको थियो ।

यो घटना अनुसन्धानका लागि बेलायत प्रहरीलाई  २५ लाख युरो खर्च लागेको  छ । ६७ वर्षीय फुलरलाई अदालतले आजिवन काराबासको सजाय सुनाएको छ ।