2026-09-12 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कांग्रेस खोटाङको क्षेत्रीय सभापतिमा घिमिरे निर्वाचित

मङ्सिर ४, खोटाङ | नेपाली कांग्रेस खोटाङ क्षेत्रीय कार्यसमिति (प्रदेश ख) सभापतिमा दिनेश घिमिरे निर्वाचित भएका छन् । कुल मतदाता (क्षेत्रीय प्रतिनिधि) संख्या ६७२ रहेको प्रदेश ‘ख’मा ६३५ मत खस्दा घिमिरेले ३३१ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।

सिमपानीस्थित सिमपानी माविमा शुक्रबार राति सार्वजनिक नजिता अनुसार उनका प्रतिद्वन्द्वी चण्डीकुमार राईले २७५ मत पाएका छन् । 

घिमिरे प्यानलकै महेन्द्र राईले ३२७ मत र राई प्यानलका रामचन्द्र केसीले २८८ मत ल्याएर उपसभापतिमा विजयी भए । सचिवमा ३२४ मत ल्याएर घिमिरे प्यानलकै प्रविण राई र २८४ मत ल्याएर समराज राई निर्वाचित भएका छन् । सहसचिवमा पनि घिमिरेकै प्यानलबाट ३०२ मत ल्याएर राजकुमार बस्नेत र कमल प्रधान निर्वाचित भएका छन् ।

पौडेल समूहका उम्मेदवार घिमिरे देउवा र कोइराला टिमको सहयोगमा क्षेत्रीय सभापति निर्वाचित भएका हुन् । राई कृष्ण सिटौला/गगन थापा समूहका उम्मेदवार हुन् । 

घिमिरेलाई देउवा निकट पूर्वराज्यमन्त्री एवं जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई, पौडेल निकट पूर्वजिल्ला सभापति एवं जिल्ला सभापतिका उम्मेदवार विष्णुकुमार राई, कोइराला निकट महासमिति सदस्य तथा पूर्व  जिल्ला सभापति सुवासकुमार पोखरेल, देउवा निकट महासमिति सदस्य एवं  जिल्ला सभापतिका उम्मेदवार रविप्रकाश राई लगायतले सहयोग गरेका थिए ।

राई भने सिटौला निकट महाधिवेशन प्रतिनिधि एवं जिल्ला सभापतिका उम्मेदवार भूपेन्द्र राईका उम्मेदवार हुन् । क्षेत्रीय कार्य समिति (प्रदेश ख)मा भूपेन्द्र चुनावी मैदानमा उत्रिएका हुन् । अहिले प्रदेश महाधिवेशन प्रतिनिधिको मत गणना भइरहेको छ । 

हलेसीस्थित महेन्द्रोद्वय माविमा कांग्रेस क्षेत्रीय कार्यसमिति (प्रदेश क) को मत गणना जारी छ । कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क) मा देउवा निकट टिमबाट भक्तजङ राई सभापतिका उम्मेदवार छन् । उपसभापतिमा दिलिप राजा गिरी र उद्वव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राई चुनावी मैदानमा छन् । 

कोइराला निकट टिमबाट क्षेत्रीय कार्य समिति (प्रदेश क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल प्रतिस्पर्धामा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल