१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कांग्रेस खोटाङको क्षेत्रीय सभापतिमा घिमिरे निर्वाचित

४ मंसिर २०७८, शनिबार ०३:५०

मङ्सिर ४, खोटाङ | नेपाली कांग्रेस खोटाङ क्षेत्रीय कार्यसमिति (प्रदेश ख) सभापतिमा दिनेश घिमिरे निर्वाचित भएका छन् । कुल मतदाता (क्षेत्रीय प्रतिनिधि) संख्या ६७२ रहेको प्रदेश ‘ख’मा ६३५ मत खस्दा घिमिरेले ३३१ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।

सिमपानीस्थित सिमपानी माविमा शुक्रबार राति सार्वजनिक नजिता अनुसार उनका प्रतिद्वन्द्वी चण्डीकुमार राईले २७५ मत पाएका छन् । 

घिमिरे प्यानलकै महेन्द्र राईले ३२७ मत र राई प्यानलका रामचन्द्र केसीले २८८ मत ल्याएर उपसभापतिमा विजयी भए । सचिवमा ३२४ मत ल्याएर घिमिरे प्यानलकै प्रविण राई र २८४ मत ल्याएर समराज राई निर्वाचित भएका छन् । सहसचिवमा पनि घिमिरेकै प्यानलबाट ३०२ मत ल्याएर राजकुमार बस्नेत र कमल प्रधान निर्वाचित भएका छन् ।

पौडेल समूहका उम्मेदवार घिमिरे देउवा र कोइराला टिमको सहयोगमा क्षेत्रीय सभापति निर्वाचित भएका हुन् । राई कृष्ण सिटौला/गगन थापा समूहका उम्मेदवार हुन् । 

घिमिरेलाई देउवा निकट पूर्वराज्यमन्त्री एवं जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई, पौडेल निकट पूर्वजिल्ला सभापति एवं जिल्ला सभापतिका उम्मेदवार विष्णुकुमार राई, कोइराला निकट महासमिति सदस्य तथा पूर्व  जिल्ला सभापति सुवासकुमार पोखरेल, देउवा निकट महासमिति सदस्य एवं  जिल्ला सभापतिका उम्मेदवार रविप्रकाश राई लगायतले सहयोग गरेका थिए ।


राई भने सिटौला निकट महाधिवेशन प्रतिनिधि एवं जिल्ला सभापतिका उम्मेदवार भूपेन्द्र राईका उम्मेदवार हुन् । क्षेत्रीय कार्य समिति (प्रदेश ख)मा भूपेन्द्र चुनावी मैदानमा उत्रिएका हुन् । अहिले प्रदेश महाधिवेशन प्रतिनिधिको मत गणना भइरहेको छ । 

हलेसीस्थित महेन्द्रोद्वय माविमा कांग्रेस क्षेत्रीय कार्यसमिति (प्रदेश क) को मत गणना जारी छ । कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क) मा देउवा निकट टिमबाट भक्तजङ राई सभापतिका उम्मेदवार छन् । उपसभापतिमा दिलिप राजा गिरी र उद्वव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राई चुनावी मैदानमा छन् । 

कोइराला निकट टिमबाट क्षेत्रीय कार्य समिति (प्रदेश क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल प्रतिस्पर्धामा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक