2026-07-25 12:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानचेष्टर सिटी र टोटेनहमको जित

मङ्सिर ६, काठमाडौं | इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी र टोटेनहमले जित हात पारेका छन् । आइतबार राति भएका खेलमा सिटीले एभरर्टनलाई ३-० ले पराजित गरेकाे हाे भने टोनेनहमले भने लिड्स युनाइटेडमाथि २–१ को कठिन जित निकाल्यो । 

घरेलु मैदान इतिहादमा सिटीलाई जिताउँन स्टर्लिङ, रोड्री र बर्नाडो सिल्भाले १-१ गोल गरे । खेलको ४४ मिनेटमा स्टर्लिङले गोल गर्दै सुरुआती अग्रता बनाए । ५५ मिनेटमा रोड्रीले बक्स बाहिरबाट दोहोरो अग्रता बनाए । ८६ मिनेटमा सिल्भाले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए । 

जितसँगै सिटीले लिभरपुललाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएकाे छ । 

घरेलु मैदानमा टोटेनहमले लिड्सलाई २–१ ले हराएको छ । टोटेनहमले पुनरामगन जित निकालेको हो । लिड्सका ड्यानिएल जेम्सले ४४ मिनेटमा अग्रता बनाए ।

५८औँ मिनेटमा पिएर एमिलीले गोल गरे । यस्तै सर्जियो रेगुइलोनले खेलको ६९ मिनेटमा गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाए ।  जितसँगै प्रशिक्षक  एन्टोनियो कोन्टेले प्रिमियर लिगमा जितबाट आफ्नो यात्रा सुरु गरेका छन् । 

प्रिमियर लिगमा १२औँ चरणका खेल सकिँदा २९ अंक जोडेर चेल्सी शीर्ष स्थानमा छ । २६ अंक बनाएको सिटी दोस्रो स्थानमा उक्लियो । लिभरपुल २५ अंकसहित तेस्रो स्थानमा छ । टोटेनहम भने १९ अंक बनाएर सातौँ स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक