२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्रबारे अमेरिकाले सम्मेलन गर्दै, ११० देशलाई बोलाउँदा चीन र रसियालाई निम्तो दिइएन

८ मंसिर २०७८, बुधबार ०८:३९

 मंसिर ८, न्युयोर्क, एजेन्सी | अमेरिकाले आगामी महिना लोकतन्त्रबारे सम्मेलन गर्ने भएको छ । यही डिसेम्बर ९ र १० गते गर्न लागिएको भर्चुअल  सम्मेलनमा चीन र रसियालाई भने बोलाइएको छैन् । भारत, पाकिस्तान र इराकसहित अमेरिकाका गठबन्धन देशहरुलाई भने बोलाइएको छ ।

चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला राष्ट्रपति जोन वाइडेन प्रशासनले आयोजना गर्न लागेको सम्मेलनलाई विश्व समुदायले चासोपूर्वक हेरिरहको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार सम्मेलनमा ११० देशलाई निम्ता दिइएको छ । 

सम्मेलनमा चीनले आफ्नो अभिन्न राज्य मान्दै आएको ताइवानलाई समेत बोलाइएको छ । तर, अफगानिस्तान, बंगलादेश, श्रीलंका र टर्कीलाई  बोलाइएको छैन् ।

ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्न चीनले अन्य देशहरुलाई दबाब दिइरहेका बेला सम्मेलन आयोजना हुँदैछ । आफ्नो स्वतन्त्रताका बारेमा चीनलाई बोल्ने अधिकार नभएको ताइवानले बताउँदै आएको छ । 

ताइवान मामिलामा चीनले आक्रमण गरे आफूले हेरेर नबस्ने अमेरिकाले बताउँदै आएको छ । एक साताअघि चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भएको भर्चुअल संवादमा राष्ट्रपति सीले अमेरिकालाई आगोसँग निहुँ नखोज्न चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो