२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामान्य अंकले बढ्यो नेप्से, अन्य सूचक यस्तो छ

२०७८, ८ मंसिर बुधबार १०:५९

मंसिर ८, काठमाडौं | साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार एक दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।    

कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ ।  नेप्सेमा २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भएको छ ।

मंगलबार पनि नेप्सेमा चार अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको थियो । बुधबार सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीले गरेको छ । यस बैंकले २६ करोड १५ लाख भन्दा बढीको कारोबार गरेको छ ।

बुधबार कारोबारमा आएका बैंकिङ, व्यापार, जीवन बिमा समूहको सूचकबाहेक सबै समूहको सूचकमा सामान्य अंकको गिरावट आएको छ । एउटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएकाे छ । सेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत कम्पनी छ । यस कम्पनीको सेयर मूल्य नौ दशमलव ४७ प्रतिशतले बढेर प्रतिकित्ता ५६५ रुपैयाँ पुगेको छ ।      

बुधबार गोर्खाज फाइनान्स, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, र एनआईसी एसिया लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नोक्सान व्यहोरेका छन् । बुधबार यी कम्पनीको सेयर मूल्य दुई प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध