2026-10-26 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमालियामा आत्मघाती बम विस्फोट, कम्तिमा ८ जनाको मृत्यु

काठमाडौं, एजेन्सी | सोमालियाको राजधानी मोगादिशुमा बम विस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान मोगादिशुको केन्द्रमा भएको बम विस्फोट परी कम्तिमा ८ जनाले ज्यान गुमाएको अलजजिराले जनाएको छ ।

राष्ट्रसंघको सुरक्षामा खटिएको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको अधिकारी र प्रत्यक्षदर्शीले जनाएका छन् । बम विस्फोटलगत्तै आकाशमा धुँवाको मुस्लो उडेको र घटनास्थल वरपर गोली चलेको थियो । राजधानी मोगादिशुको मुटुमै भएको विस्फोट यति शक्तिशाली थियो कि नजिकैको एक विद्यालय र अस्पतालको पर्खाल भत्केको थियो ।

‘आठ जना मानिसको मृत्यु भएको छ र १३ विद्यार्थीसहित १७ जना घाइते भएका छन्’, प्रहरी प्रवक्ता अब्दिफताह अदेन हसनले सञ्चारकर्मीसँग कुरा गर्दै भने। विस्फोटक पदार्थ भरिएको आत्मघाती एसयुभी कारले राष्ट्रसंघको सुरक्षामा खटिएको साधनलाई लक्षित गरी उक्त विस्फोट गराइएको उनले बताए ।

विस्फोटमा परी राष्ट्रसंघका कुनै कर्मचारी हताहती भएको वा नभएकोबारे प्रस्ट भइसकेको छैन । लामो समयदेखि सरकारी फौजसँग लड्दै आएको इस्लामिक अतिवादी समूह अब शबाबले बिहीबार भएको विस्फोटको जिम्मा लिएको छ । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने