२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान जाने क्रममा मलेसियामा अलपत्रहरुलाई स्वदेश फर्काइयो, दुतावासको यस्तो अनुरोध

१८ मंसिर २०७८, शनिबार १३:४१

मङ्सिर १८, काठमाडौँ | जापान जाने क्रममा मलेसियामा अलपत्र परेकाहरु मध्ये ३६ जना स्वदेश फिर्ता भएका छन् भने २ जना जापान प्रस्थान गरेका छन् । उनीहरूको नेपाली राजदुतावास मलेसियाको पहलमा उद्धार गरिएको हो ।

नेपालबाट मलेसिया हुँदै जापानको लागि क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट भएको तर जापान सरकारको कोभिड सम्बन्धी नियमहरुको प्रक्रिया पुरा नगरेको कारण उनीहरू मलेसियामा अलपत्र परेको नेपाली राजदुतावास मलेसियाले जनाएको छ ।

दुतावासले दिएको जानकारी अनुसार ३६ नेपाली नागरिकहरुमध्ये ३४ जना सकुशल नेपाल फर्केका छन् भने २ जना राजदूतावासको पहलमा जापान सरकारको थप अनुमति प्राप्त गरी जापानतर्फ प्रस्थान गरेका छन् ।

अलपत्र परेका यात्रुहरुलाई समयमै उद्दार गर्न/ गराउन सहयोग गर्नुहुने निकाय नेपाल सरकारका विभिन्न निकायहरु, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्स तथा जापानस्थित नेपाली राजदूतावास र मलेसियास्थित जापानी राजदूतावासलाइ नेपाली राजदूतावास मलेसिया एक विज्ञप्ति जारी गर्दै धन्यवाद दिएको छ ।

साथै मलेसिया ट्रान्जिट भै यात्रा गर्नुहुने सम्पूर्ण सबैलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरुको जानकारी राखेर मात्र यात्रा गर्न र मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा यस राजदूतावासको हटलाइन +६०१६२४७२७७७  मा सम्पर्क गर्न नेपाली राजदुतावास मलेसियाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो