2026-10-12 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो !

मंसिर २५, काठमाडौं | दैनिक उपभोग्य वस्तु महँगो हुँदा यसको प्रत्यक्ष मारमा सर्वसाधारण उपभोक्ता  परेका  छन्। पछिल्लो  समयमा  दैनिक उपभोग्य  वस्तुको  मूल्य आकाशिए पनि त्यो मूल्य वृद्धि वास्तविक हो वा कृत्रिम स्पष्ट हुन सकेको छैन ।

मूल्य वृद्धि कृत्रिम भएको धेरै सरोकारवालाको  दाबी  छ।  प्रत्यक्ष  सम्पर्क  खुद्रा व्यापारीसँग  भएकाले  उपभोक्ता  खुद्रा  पसलेलाई लगाउँछन् तर खुद्रा व्यापारी भने उद्योगबाटै मूल्य बढेर आएको दाबी गर्छन्। नेपाल  खुद्रा व्यापार  सङ्घका  कार्यवाहक अध्यक्ष  अमुल  तुलाधरले  पछिल्लो  समयमा  घिउ, तेल, चिनी, गेडागुडी महँगिएको बताए ।  पछिल्लो पटक  त  उत्पादक  उद्योगी  वा  थोक  व्यापारीबाट सामानको मूल्य तिरेअनुसार बिलबिजकसमेत आफूले प्राप्त गर्न नसकेको उनको भनाइ छ ।

नेपाल  राष्ट्र  बैङ्कले  सार्वजनिक  गरेको पछिल्लो   तीन   महिनाको   प्रतिवेदनमा   पनि खाद्यवस्तुुको  मूल्य  वृद्धि  ३१  दशमलव  ६८ प्रतिशतसम्म  भएको  तथ्याङ्क  सार्वजनिक  गरेको छ। राष्ट्र बैङ्कका अनुसार चालुू आर्थिक वर्षको साउन–असोजमा  घिउ,  तेल  मूल्य  ३१  दशमलव ६८ प्रतिशत बढेको छ। सो प्रतिवेदनअनुसार माछा मासु ११ दशमलव ९५ प्रतिशत, दाल गेडागुडी १० दशमलव  ७१  प्रतिशत  र  गैरमदिराजन्य  पदार्थ  ९ दशमलव ६३ प्रतिशत वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम