मङ्सिर २८, काठमाडौँ | केहिदिनदेखि लगातार घटेको नेप्से सूचकमा मंगलबार एकाएक छलाङ देखिएको छ । बुधबार एकैदिन ६% बढीले बढेको नेप्से १३७ अंकले बढेर कारोबार समय अगावै सर्किट लागेर बन्द भएको छ ।
मंगलबार ४३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । मंगलबार कारोबार सुरु भएको करिब डेढ घण्टामा नै नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो भने खुलेको केहि मिनेटमै फेरी बढेपछि ६ प्रतिशत पुगेर सर्किट लाग्न पुगेको हो । यो संगै नेप्सेको सूचक २४१८.८४ विन्दुमा पुगेको छ ।
आज २२० कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता शेयर १ अर्ब ८४ लाख २६ करोड ४७ हजार १४४ रुपैयाँमा खरिद बिक्री भएको छ ।