Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ पुष ०६ गते, अपराह्न ४:२० बजे अर्थ/विकास, काठमाडौँ - KTM

शेयर परिसूचक नेप्सेमा ५६ अङ्कले उकालो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस ६, काठमाडौँ | आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५६ अंकले बढेको छ । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजारमा आज उच्च वृद्धि आएको हो ।

आज ५६ अंककाे सुधार भएसँगै नेप्से विन्दु २४ सय १५ अंकमा पुगेर रोकिएको छ । खासगरी, नेपाल राष्ट्र बैंकले सोमबार अनियन्त्रित आयात रोक्ने गरेको व्यवस्थासँगै बजारमा सकरात्मक सुधार आएको हो । नेपाललाई आवश्यक नै नपर्ने वस्तुको आयातमा वर्षमा खर्बौ रुपैयाँ बाहिरिँदै आएको छ । जसलाई रोकेर विदेशी मुद्रा सञ्चिति घट्नबाट रोक्ने र तरलता संकुचन सुधार ल्याउन राष्ट्र बैंकको प्रयासको नेप्सेमा सकारात्मक प्रभाव परेको हो ।

यसक्रममा आज २ अर्ब ३८ करोड रुपैयाँ बराबरको ४९ लाख ७४ कित्ता सेयर किनबेच भएको छ । बजारमा उच्च अंकको वृद्धि आएको दिन जीवन बीमा समूहमा सबैभन्दा बढी २०६ अंकको सुधार आएको छ । यस्तै, निर्जीवन बीमा समूहमा २०४ अंकको सुधार आएको छ ।

यस्तै, उत्पादनमूलक समूहमा १७० अंक, विकास बैंक समूहमा १३७ अंक, जलविद्युत समूहमा ९४ अंक र लघुवित्त समूहमा ९० अंकको सुधार आएको छ । यीबाहेक आज कारोबारमा आएका सबै समूहमा सुधार आएको छ ।

आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य आज एकै दिन ३१ रुपैयाँले बढ्दै प्रतिकित्ता मूल्य ३१० रुपैयाँ पुगेको छ । यस्तै, ज्योती फाइनान्सको सेयर मूल्य ९ प्रतिशत र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा पनि ९ प्रतिशतको सुधार आएको छ ।