२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्थमन्त्रीका सल्लाहकार भन्छन् : अब पुँजीगत खर्च बढ्छ

२०७८, ६ पुष मंगलवार १२:०५

पुस ६, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माका आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले पुस महिनाभरिमा पुँजीगत खर्च आश्चर्यजनक ढंगले बढ्ने बताएका छन्। वित्तीय प्रणालीमा देखिएको तरलता संकुचनको समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा गम्भीर रूपमा काम भइरहेको उनले बताए।

सोही अनुरूप नै प्रणालीमा ५० अर्ब थपिने हिसाबले स्थानीय तहमा जाने पैसाको ८०% प्रतिशतसम्म निक्षेपको रूपमा गणना गर्न दिने निर्णय गरिएको उप्रेतीले बताए। ‘सबै मन्त्रालयहरुसँग छलफल र अन्तरक्रिया भइरहेको छ। पुस महिना सकिदा नसकिँदै आश्चर्यजनक रूपमा पुँजीगत खर्च वृद्धि हुनेछ। अर्थ मन्त्रालयको यो प्रयासमा सरोकारवाला सबै साथीहरूले साथ दिने वचन दिनुभएको छ,’ उनले भने।

यसअघि अर्थमन्त्रीले सेयर बजारबारे लगानीकर्ताका प्रतिनिधिहरूसँग भेट गरी भएका समस्याहरू समाधान गर्न अर्थ मन्त्रालय तयार रहेको बताएका थिए। अर्थसंसारसँगको कुराकानीमा उप्रेतीले भनेका छन्, ‘अर्थ मन्त्रालय निकै गम्भीर रूपमा पुँजीगत खर्च बढाउन लागिपरेको छ। यो पुस मसान्त यस अघिका पुस मसान्तहरू भन्दा फरक हुनेछ। सरकारी खातामा कर राजस्वको रूपमा जम्मा हुने भन्दा कयौं गुणा बढी पैसा बजारमा पठाइने छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से