Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अब रोल्पाको थवाङबाट सिधैँ काठमाडौँ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस ७, रोल्पा | रोल्पाको थवाङ सिधैँ काठमाडौँसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौँसँग जोडिएको हो ।&nbsp;<br></p><p>बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौँका लागि रात्रिबस सेवा सुरु भएको छ । हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ । यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडौँ जाने गरेका थिए ।&nbsp;</p><p>थवाङ–लिवाङ र लिवाङ–काठमाडौँको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ–काठमाडौँ बस सेवा सुरु भएसँगै राहत मिलेको छ ।&nbsp;</p>