2026-09-21 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

५ महिनामा एक खर्बभन्दा बढीको निर्यात

पुस ८, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको निर्यात व्यापार एक सय प्रतिशतभन्दा धेरैले बढेको छ।

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मङ्सिरसम्म पाँच महिनाकाे अवधिमा नेपालले एक खर्ब दुई अर्ब रुपैयाँको सामान निर्यात गरेको छ। यो गएको वर्षको पाँच महिनाको तुलनामा एक सय पाँच दशमलव ६१ प्रतिशतले धेरै हो।

गएको वर्षको पहिलो पाँच महिनामा नेपालले ५० अर्ब पाँच करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो। पाँच महिनामै एक खर्ब रुपैयाँको सामग्री निर्यात हुनुलाई वैदेशिक व्यापारको क्षेत्रमा ठूलो सफलताको रूपमा हेरिएको छ । गएको आर्थिक वर्ष २०७७/७८ मा नेपालले एक खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरेको थियो।

सरकारले २०६४ सालमा बनाएको तीन वर्षे अन्तरिम योजनामा आर्थिक वर्ष २०६६/६७ भित्र नेपालको निर्यात व्यापारलाई वार्षिक एक खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखेकोमा पूरा नभएपछि आर्थिक वर्ष २०६९/७० मा एक खर्ब रुपैयाँको निर्यात गर्ने लक्ष्य लिएको थियो।

तर सरकारको लक्ष्य गएको वर्ष मात्रै पूरा भएको थियो। यो वर्ष भने पाँच महिनामै नेपालले एक खर्ब दुई अर्ब रुपैयाँको सामान निर्यात गरेको हो। चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ३० अर्ब रुपैयाँको सोयाबिन तेल, २७ अर्ब रुपैयाँको पाम तेल, दुई अर्ब रुपैयाँको सनफ्लावर तेल, दुई अर्ब रुपैयाँको अलैँचीलगायतका वस्तु निर्यात गरेको छ। यस्तै चिया, कफी, पस्मिना, जडीबुटी, छुर्पीलगायतका वस्तु धेरै निर्यात हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो