१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन वर्षभित्र नेपाल काठमा आत्मनिर्भर हुन्छ: मन्त्री यादव

१० पुष २०७८, शनिबार १०:१२

पुस १०, काठमाडौँ | वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले आगामी तीन वर्षभित्रमा देशलाई काठमा आत्मनिर्भर बनाउने प्रतिबद्दता व्यक्त गर्नुभएको छ । 

नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा चौँथो महाधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी सन् २०३० सम्ममा नेपालको कुल भू–भागको ४५ प्रतिशत वन क्षेत्र बनाइने बताउनुभयो । 

उहाँले भन्नुभयो, "अहिले कुल भू–भागको ४४ प्रतिशत वन जङ्गल छ, अब आगामी २०३० सम्ममा ४५ प्रतिशत पुर्याउने र तीन वर्षभित्रमा वन-जङ्गल र काठमा आत्मनिर्भर बनाउँदै पाँच वर्षभित्रमा काठ निर्यात गर्ने योजना रहेको छ ।” मन्त्री यादवले वन तथा काठमा देखिएको समग्र समस्या समाधानका लागि सम्बन्धित क्षेत्रको सल्लाह र सुझावका आधारमा वन ऐनको नियमावली अन्तिमरुप लिने जनाउँदै त्यसका लागि सहयोेग गर्न आह्वान गर्नुभयो । अब वनलाई दिगो व्यवस्थापन गर्दै विदेशभित्र उत्पादित काठलाई सहज रुपमा प्राप्त गर्ने व्यवस्था मिलाउने, काठ कटान र टेन्डरमा देखिएको विचौलीको समस्या समाधान गर्ने उहाँको भनाइ छ । 

मन्त्री यादवले फर्निचर र फर्निसिङ्ग क्षेत्रका व्यवसायीलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महासङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेले नेपालमा नेपाली काठ सहजरुपमा उपलब्ध नहँदा व्यवसायीले विभिन्न समस्या भोग्नुपरेको गुनासो गर्नुभयो । उहाँले उद्योगका लागि प्रयोग हुने कच्चा पदार्थमा लाग्ने भन्सार महसूल कम भयो भने उत्पादन लागत कम हुने विश्वास व्यक्त गर्नुभयो । 

महासङ्घका महासचिव ओमबहादुर बस्नेतले नेपाल पछिल्लो समयमा प्लाष्टिक फर्निचर, ग्राफिक कार्पेट, म्याटे«स, भेलोर कार्पेट, गलैँचा पिभिसी कार्पेटलगायत फर्निचर/फनिसिङ्गमा आत्मनिर्भर बन्दै गएको बताउनुभयो । युवा विदेश पलायन भएको अवस्थामा उद्योग क्षेत्रमा कामदारको अभाव झेल्नुपर्ने तथा तेस्रो मुलुकबाट दक्ष कमदार मगाउँदा उत्पादन लागत बढ्ने महासङ्घको भनाइ छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन