२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन वर्षभित्र नेपाल काठमा आत्मनिर्भर हुन्छ: मन्त्री यादव

२०७८, १० पुष शनिबार १०:१२

पुस १०, काठमाडौँ | वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले आगामी तीन वर्षभित्रमा देशलाई काठमा आत्मनिर्भर बनाउने प्रतिबद्दता व्यक्त गर्नुभएको छ । 

नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा चौँथो महाधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी सन् २०३० सम्ममा नेपालको कुल भू–भागको ४५ प्रतिशत वन क्षेत्र बनाइने बताउनुभयो । 

उहाँले भन्नुभयो, "अहिले कुल भू–भागको ४४ प्रतिशत वन जङ्गल छ, अब आगामी २०३० सम्ममा ४५ प्रतिशत पुर्याउने र तीन वर्षभित्रमा वन-जङ्गल र काठमा आत्मनिर्भर बनाउँदै पाँच वर्षभित्रमा काठ निर्यात गर्ने योजना रहेको छ ।” मन्त्री यादवले वन तथा काठमा देखिएको समग्र समस्या समाधानका लागि सम्बन्धित क्षेत्रको सल्लाह र सुझावका आधारमा वन ऐनको नियमावली अन्तिमरुप लिने जनाउँदै त्यसका लागि सहयोेग गर्न आह्वान गर्नुभयो । अब वनलाई दिगो व्यवस्थापन गर्दै विदेशभित्र उत्पादित काठलाई सहज रुपमा प्राप्त गर्ने व्यवस्था मिलाउने, काठ कटान र टेन्डरमा देखिएको विचौलीको समस्या समाधान गर्ने उहाँको भनाइ छ । 

मन्त्री यादवले फर्निचर र फर्निसिङ्ग क्षेत्रका व्यवसायीलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महासङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेले नेपालमा नेपाली काठ सहजरुपमा उपलब्ध नहँदा व्यवसायीले विभिन्न समस्या भोग्नुपरेको गुनासो गर्नुभयो । उहाँले उद्योगका लागि प्रयोग हुने कच्चा पदार्थमा लाग्ने भन्सार महसूल कम भयो भने उत्पादन लागत कम हुने विश्वास व्यक्त गर्नुभयो । 

महासङ्घका महासचिव ओमबहादुर बस्नेतले नेपाल पछिल्लो समयमा प्लाष्टिक फर्निचर, ग्राफिक कार्पेट, म्याटे«स, भेलोर कार्पेट, गलैँचा पिभिसी कार्पेटलगायत फर्निचर/फनिसिङ्गमा आत्मनिर्भर बन्दै गएको बताउनुभयो । युवा विदेश पलायन भएको अवस्थामा उद्योग क्षेत्रमा कामदारको अभाव झेल्नुपर्ने तथा तेस्रो मुलुकबाट दक्ष कमदार मगाउँदा उत्पादन लागत बढ्ने महासङ्घको भनाइ छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण