२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँच महिनामा चौध करोड बराबरको नून बिक्री

२०७८, १४ पुष बुधबार ०९:१६

पुस १४, काठमाडौँ | साल्ट ट्रेडिङ कर्पोरिशन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल रु चौध करोड मूल्य बराबरको नूनजन्य सामग्री बिक्री गर्न सफल भएको छ  ।

कार्यालयका अनुसार आव २०७८÷७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल रु चौध करोड ३५ लाख २५ हजार ३२५  बराबरको नूनजन्य सामग्री बिक्री गरेको थियो ।  कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७÷७८ मा रु २७ करोड १० लाख ५५ हजार ८५० बराबरको नूनजन्य सामग्री बिक्री गरेको जानकारी दिनुभयो । २०२० साल भदौ २७ गते  सार्वजानिक निजी साझेदारीमा स्थापित सो कर्पाेरेशनले पछिल्लो समय ऐतिहासिक फड्का मारेको छ । संस्थामा सरकारको २२ प्रतिशत शेयर लगानी छ । 

स्थापनाका ५८ वर्षमा कर्पोरेशनले दैनिक उपभोग्य बस्तु नून, चिनी, चामल, दालअन्य गेडागुडी, खाने तेल, आँटा, मैदा, ग्यास लगायतका वस्तु सर्वसुलभ रुपमा बिक्री वितरण गर्दै आएको छ  । कर्पाेरेशनले आफ्नो लगानीमा गोरखकाली रबर उद्योग , खाद्य उद्योग , नेपाल वनस्पति ध्यू उद्योग लिमिटेड लगायत हिमालय खाद्य एवं प्याकिङ उद्योग स्थापना गरेको थियो । यसैगरी नेशनल फाइनान्स लि ,सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाको स्थापना गरेर देशलाई औद्योगिकरणको दिशामा अघि बढाएको छ । सरकारले दिएको नीति निर्देशनमा कर्पोरेशनले समयमै आयात व्यवस्था गरेर चिनी, नून, चामल र मलको कमी हुन दिएको छैन । 

कर्पोरेशनले बिक्रीवितरण गर्दै आएको आयोडिनयुक्त नून दक्षिण एशियामै सस्तो छ । कर्पाेरेशनले ७ वर्षअघिकै मूल्यमा नूनको सहजरुपमा  बिक्रीवितरण गर्दै आएको छ । आयोडिनयुक्त नूनकै कारणले पहाडी र दुर्गम क्षेत्रमा लुलो लङ्गडो हुने, गाँड आउने, हात्तीपाइले , अन्धो हुनेजस्ता रोग हटेको जनाइएको छ ।  सरकारले  मल आयात र बिक्री वितरणको सम्पूर्ण जिम्मा कर्पोरेशनलाई दिने हो भने बाली लगाउने र किसानलाई चाहिने बेलामा मलको हाहाकार नहुने जनाइएको छ । कर्पोरेशनले विसं २०७२ बैशाखको विनासकारी  भूकम्प पछि घर पुनःनिर्माण गर्न जस्तापाता आयात गरी बिक्री वितरण समेत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी