२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबारदेखि

२०७८, १६ पुष शुक्रबार ११:४९

पुस १६, काठमाडौँ | नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा शनिबारदेखि प्रथम ‘आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ’ प्रतियोगिता हुने भएको छ ।

बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा हेभी वेट, हार्डकोर, मिडल वेट, ट्याग टिम र लाइट वेट खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । 

हेभी वेट च्याम्पियनले रु ८० हजार, हार्डकोर च्याम्पियनले रु ६० हजार, मिडल वेट च्याम्पियनले रु ५० हजार, ट्याग टिम च्याम्पियनले रु ४५ हजार र लाइट वेट च्याम्पियनले रु २५ हजार पुरस्कार पाउने छन् । प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका–१३ ले सहयोग गरेको छ । प्रतियोगिता सञ्चालन गर्न रु १५ लाख खर्च लाग्ने बताइएको छ । जलवायु दिवसको उपलक्ष्यमा दोस्रो आरडब्लु विन्टर स्लाम सिन्धुपाल्चोकको वुफडाँडामा आइतबारदेखि हुने श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला विकास समन्वय समिति सिन्धुपालचोक र नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । हेभी वेट च्याम्पियनले रु ७५ हजार, हाडकोर च्याम्पियनले रु ६५ हजार, मिडल वेट च्याम्पियनले रु ४० हजार, ट्याग टिम च्याम्पियनले रु ४० हजार र लाइट वेट च्याम्पियनले रु ३५ हजार पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिताको अनुमानित लागत रु १० लाख रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो