२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘राजस्व सङ्कलन र विकास निर्माणका काममा तीव्रता’

२०७८, १७ पुष शनिबार ०७:२३

पुस १७, काठमाडौँ | टोखा नगरपालिकामा चालु आर्थिक वर्षको पाँच महिनामा रु ११ करोड ५८ लाख राजस्व सङ्कलन भएको छ ।

टोखा नगरपालिकाको शुक्रबार सम्पन्न दशौँ नगरसभामा नगरपालिकाले राजस्व सङ्कलन र विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताइएको हो । कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले टोखाले गौरवका योजनालाई प्राथमिकता दिएको बताउनुभयो । “कुनै पनि राजनीतिक दल र जनतालाई विभेद नगरी योजना वितरण गर्दा टोखाको विकासले गती लिएको छ”, उहाँले भन्नुभयो । टोखाको विकासमा जनप्रतिनिधिको साझा दायित्व भएको उहाँको भनाइ छ ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरसभाबाट पारित भएको बजेटलाई यथासक्य छिटो कार्यान्वयनमा लैजाने बताउनुभयो । दशौँ नगरसभा नेपाली कांग्रेसले भने बहिष्कार गरेको छ । नगरपालिकाको बैठक बसेर निर्णय गर्नुभन्दा पहिले नै हस्ताक्षर गराउने परिपाटीको सुरुआत गरिएको भन्दै कांग्रेसले उक्त बैठक बहिष्कार गरेको हो ।

बैठक बहिष्कार गर्नेमा वडा नं २ का वडाध्यक्ष दीपकराज जोशी, वडा नं ३ का अध्यक्ष सिंहराज श्रेष्ठ, वडा नं ६ का अध्यक्ष महेश्वर केसी, वडा नं ८ का वडाध्यक्ष केशवबहादुर खत्री र वडा नं ११ का अध्यक्ष उत्तम अधिकारी रहनुभएको छ ।

टोखा वडा नं ८ का वडाध्यक्ष खत्रीले नगरप्रमुखले एकलौटी बैठक सञ्चालन गर्न खोजेपछि आफूहरुले बैठक बहिष्कार गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट