भदौ ७, हरियाणा Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ७, हरियाणा

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘फ्रेन्ड्स, म आत्महत्या गर्न गइरहेको छु’ भन्ने स्टाटस लेखेर आत्महत्या

२०७३, ७ भाद्र मंगलवार ०६:१८


भदौ ७, हरियाणा । भारतको हरियाणा राज्यमा पर्ने करनालमा एक युवाले सामाजिक संजालमार्फत सूचना दिएरै आत्महत्या गरेका छन् ।

अजय नाम गरेका ती युवाले कल्पना चावला मेडिकल कलेजको छतबाट हामफालेर आत्महत्या गर्नुअघि फेसबुकमा लेखेका थिए, ‘बाइ–बाइ लाइफ, बाइ–बाइ फ्रेन्ड्स, म आत्महत्या गर्न गइरहेको छु । त्यसैले सदाका लागि बाइ–बाइ ।’

उनको यो पोस्टमाथि साथीहरुले भने गम्भीरता देखाएनन् । बरु धमाधम लाइक गर्न थाले । करिब दुई घण्टापछि उनले आत्महत्या गरे । यतिमात्र होइन, उनले आत्महत्या गरेको खबर पाउनासाथ उनकी दिदी रेणुले पनि आत्महत्या गरिन् ।

भारतीय संचारमाध्यमका अनुसार चार महिना अघि रेणुको विवाह भएको थियो । तर विवाहलगत्तै घरमा विवाद भएपछि उनी माइत बस्दै आएकी थिइन् ।


रेणुले प्रहरीमा यसबारे उजुरी पनि दिएकी थिइन् । उनले आफूमाथि घरमा प्रताडना हुने गरेको कारण देखाउँदै माइत बस्दै आएको समेत उजुरीमा लेखेकी थिइन् ।

रेणुले घरबाट झेलेको तनावका कारण उनका भाई अजय चिन्तित थिए । दिदीले भोगेको दुःख हेर्न नसकी अजयले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ । भाईले आत्महत्या गरेको खबर पाउनासाथ रेणुले पनि आत्महत्या गरिन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह