Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बारामा छ हजार मेट्रिकटन धान उत्पादन बढ्यो

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस १८, काठमाडौँ | यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुबै बढेको छ ।

समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो भने छ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको थियो ।

कृषि ज्ञानकेन्द्र बाराका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ६२ हजार ७४१ दशमलव २५ मेट्रिकटन धान उत्पादन भएको छ । अघिल्लो वर्ष दुई लाख ५६ हजार ३८९ दशमलव २५ मेट्रिक टन धान उत्पादन भएको थियो । यो गत वर्षको तुलनामा छ हजार ३५२ मेट्रिकटन धान बढी उत्पादन भएको हो ।

चालु आर्थिक वर्षमा उत्पादन भएको धानमध्ये अगहनी एक लाख ४१ हजार ५७७ दशमलव २५ मेट्रिक टन, भदैया ५१ हजार १९१ दशमलव पाँच मेट्रिक टन र चैते धान ६९ हजार ९७२ दशमलव पाँच मेट्रिक टन उत्पादन भएको केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा अगहनी ३४ हजार ११२ हेक्टर, भदैया ११ हजार ९०५ हेक्टर र चैते १५ हजार १०५ गरि कूल ६१ हजार १२५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

गत आर्थिक वर्षमा अगहनी एक लाख ४५ हजार २०१  दशमलव २५ मेट्रिक टन, भदैया ५४ हजार ८८२ दशमलव छ मेट्रिक टन र चैते धान ५३ हजार ३०६ मेट्रिक टन उत्पादन भएको थियो । यसका लागि अगहनी १४ हजार १६५ हेक्टर, भदैया ११ हजार ९३१ हेक्टर र चैते १२ हजार ११५ हेक्टर क्षेत्रफलमा लगाएको केन्द्रका कृषि विज्ञ मण्डलले जानकारी दिनुभयो ।

बारामा कूल ६९ हजार ९६३ हेक्टर कृषियोग्य जमिन रहेको छ । तीमध्ये चुरेपहाडतर्फ ९९५, तराईतर्फ ६१ हजार ८१८ गरि कूल ६२ हजार ८२३ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । तीमध्ये सात हजार १४० हेक्टर जमिन बाँझो रहेको छ भने वर्षैभरी सिञ्चित हुने ३३ हजार १३२ र आंशिक सिञ्चित हुने २९ हजार ६९१ हेक्टर क्षेत्रफल रहेको केन्द्रले जनाएको छ ।