२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा सिलिण्डर पड्किएर एक महिलाको मृत्यु

२२ पुष २०७८, बिहीबार ०४:१९

पुस २२, बनियानी (रासस) । झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाने एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 

मेचीनगर–७ का केशव पाठकको घरमा आगलागी भएको र आगो निभाउन जाँदा घरमा रहेको ग्यास सिलिण्डर पड्किएर मेचीनगर–८ की ४५ वर्षीया शारदा राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । गम्भीर घाइते भएकी शारदाको उपचारका लागि धुलाबारी पु¥याउना साथ मृत्यु भएको थियो ।

सिलिण्डर पड्किँदा आगो निभाउन गएका सोही स्थानका ४० वर्षीय लेखनाथ तिमल्सिना, बिर्तामोड–९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर–७ का ३२ वर्षीय दीपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुबलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानीशङ्कर न्यौपाने, ३६ वर्षीया निर्मल शर्मा, मेचीनगर–८ का ३४ वर्षीय हरि र आठ वर्षीया सुशीला अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । 

केशवको टिनको छानो, चित्राको बेरा भएको एक तले कच्ची घरमा रामेछाप घर भएका कुमार पाण्डे भाडामा बस्दै आएको र घरमा कोही नभएको अवस्थामा राति ९ः२० बजे आगो लागेको जनाइएको छ । आगलागी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राति १०ः२० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य