भदौ ७, काठमाडौं । भारतमा एक विरामीको पेटबाट ४० वटा चक्कु निकालिएको छ । पाँच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, काठमाडौं । भारतमा एक विरामीको पेटबाट ४० वटा चक्कु निकालिएको छ । पाँच"/>
2026-09-03 06:19 AM
काठमाडौँ - KTM

विरामीको पेटभित्र चालीस चक्कु !

भदौ ७, काठमाडौं । भारतमा एक विरामीको पेटबाट ४० वटा चक्कु निकालिएको छ । पाँच घण्टाको शल्यक्रिया पछी सुरजित सिंह नामक विरामीको पेटबाट ती चक्कु निकालिएको हो । उनले विगत दुई महिनादेखि चक्कु निल्दै आएका थिए ।

‘उनलाई फलाम खाने अस्वाभाविक इच्छा रहेछ । हामी जस्ता अनुभवी चिकित्सकका लागिसमेत उनको शल्यक्रिया गर्नु भयावह स्थिति थियो’, उनको उपचारमा संलग्न डाक्टर जतिन्द्र मल्होत्राले भने ।

उनले थपे, ‘शल्यक्रियाका लागि हामी यति आत्तिएका थियौं कि हाम्रो सानो गल्तीले विरामीको ज्यानै सक्ने सम्भावना थियो । बीस वर्षे अनुभवमा मैले यस्तो देखेको थिइनँ ।’

मल्होत्राका अनुसार उनलाई समस्या पत्ता लगाएर शल्यक्रियाका लागि योजना बनाउनै दुई दिन लागेको थियो ।

चिकित्सकको टोलीले शुक्रवार भारतको पञ्जाबमा अवस्थित अमृतसरमा करिब पाँच घण्टा लगाएर उक्त शल्यक्रिया सम्पन्न गरेको थियो ।

शल्यक्रियाको दौरान चिकित्सकले पेटभित्रबाट दोबारेको र सिंगै चक्कु फेला पारेका थिए । उक्त चक्कुको लम्बाई झण्डै सात इन्च रहेको छ ।

‘विरामीले केही चक्कु दोबारेर र केही सिँगै निलेको बताएको थियो । जब हामीले पेटको शल्यक्रिया गर्‍यौं, पेटमा केही चक्कु दोबारिएका थिए, केही सिधा नै थिए, अझ केहीमा खिया लागेर भाँचिन लागेका पनि थिए’, मल्होत्राले भने ।

दुई बच्चाका पिता ४२ वर्षीय सुरजितले शल्यक्रिया पश्चात स्वस्थ्य महसुस गर्न थालेको बताएका छन् ।

‘मलाई माफ गर्नोस्, मैले गर्दा परिवारलाई दुःख भयो । शल्यक्रियामार्फत मेरो ज्यान बचाइदिनुहुने सबै चिकित्सकलाई म धन्यवाद दिन चाहन्छु’, उनले भने ।

चिकित्सकका अनुसार सुरजित अहिले खतरामुक्त छन् । उनलाई केही दिनमै अस्पतालबाट विदा दिइँदैछ । उनलाई केही दिनमा नै मनोचिकित्सकहरुसित भेट गराई सुझाव विना अस्पतालबाट पठाउन नसकिने उनको उपचारमा संलग्न अन्य दुई चिकित्सकले बताएका छन् ।

किन खाए चक्कु ?

धेरै मानिसलाई उनको चक्कु खाने बानीले आश्चर्यमा पार्न सक्छ । तर रहस्यबाट उनी आफै पनि अनविज्ञ छन् । ‘म आफैलाई नै थाहा छैन, मैले चक्कु किन खान थालें’, सुरजितले भने, ‘यत्ति हो कि मैले यसको स्वाद रुचाएँ र म यसको लतमा फसें । जसरी अन्य मानिस मद्यपान लगायतका कुलतमा पर्छन्, मेरो अवस्था पनि त्यस्तै नै थियो ।’

मल्होत्राका अनुसार उनलाई विशेष प्रकारको मानसिक समस्या छ, जसबारे अहिलेसम्म कुनै पनि अन्तराष्ट्रिय मेडिकल जर्नलहरुले प्रकाशित गरेका छैनन् ।

उनी अहिले अस्पतालको प्रत्यक्ष निगरानीमा छन् । उनलाई अस्पताल भित्रकै मनोचिकित्सकको टोलीले उपचार गरिरहेको छ र छिट्टै मनोचिकित्सासँग सम्बन्धि अन्य चिकित्सकसितसमेत परामर्श लिइने बताइएको छ ।

उनले उपचारमा संलग्न चिकित्सकहरुलाई आफूले चक्कु खान किन सुरु गरेको भन्ने जानकारी नभए पनि आफूमा क्रमशः फलामको स्वाद विकसित हुँदै गएको र ब्रेडको स्वाद मनपर्दै गएको बताएका छन् । उनले यो रहस्य आफ्ना परिवारलाई समेत नभनेको मल्होत्राले बताए ।

आइन्दा सुरजितले चक्कुलाई हातसमेत नलगाउने कसम खाएको मल्होत्रा बताउँछन् ।

‘म अब यस्तो गल्ती कहिल्यै गर्नेछैन’, सुरजितले भने, ‘म अब नयाँ मानिस हुँँ ।’

उनलाई फेरि पनि फलाम वा चक्कु खाने तृष्णा जागेमा चिकित्सकहरुले उनलाई पालुङ्गोको साग खान सुझाव दिएका छन् । मलहोत्रा तथा उनको उपचारमा संलग्न चिकित्सकहरुको सुझाव छ, ‘हामीले उनलाई भन्याैं कि तपाईंलाई कुनै पनि बेला शरीरमा आइरनको आवश्यकता महसुस भयो पालुङ्गो खाउ ।’ – सिएनएनबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही