2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जापानबाट रु १० अर्ब ३९ करोड ऋण सहायता, आर्थिक वृद्धिमा उच्च लगानी गरिने

January 6, 2022

पुस २२, काठमाडौँ | नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट रु १० अर्ब ३९ करोड नीतिगत ऋण सहायता प्राप्त हुने भएको छ । 

मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले उक्त सहायतालाई स्वीकार गर्ने निर्णय गरेको हो । सो बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको हो ।

बैठकले प्रहरीको उच्च मनोबल वृद्धिका लागि प्रहरी (नवौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल यही पुस २३ गतेदेखि लागू हुने गरी नियुक्त गर्ने, चालु आर्थिक वर्षका लागि उखुको न्यूनतम् खरिद मूल्य प्रतिक्विन्टल रु ५२० निर्धारण गर्ने निर्णय पनि गरेको छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरणका लागि विभिन्न वितरण केन्द्र र प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक काम कारबाही गर्ने, गृह मन्त्रालयका लागुऔषध नियन्त्रण शाखाका प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने, एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई रु तीन लाख आर्थिक सहायता दिने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिनुभयो । 

उहाँले दार्चुला जिल्लाको महाकाली नदीमाथि नेपाल भारत जोड्ने मोटरेबल पुल निर्माण गर्न साझेदारी पत्रमा हस्ताक्षरका लागि स्वीकृति दिइएको, राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा झापाका सुरेन्द्र बस्नेतलाई नियुक्ति दिने, वन क्षेत्रमा कार्बन सञ्चितिको पहिचानसम्बन्धी अनुसन्धानका लागि रुख कटान गर्दा राष्ट्रिय प्राथमिकता प्राप्त र ठूला आयोजनाका क्षेत्रभित्र पर्ने रुख कटानलाई पहिलो प्राथमिकता दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । 

नेपाल राजपत्रको नियमित अङ्क हरेक हप्ताको सोमबार र बिहीबार प्रकाशन, गोरखापत्रलाई गोदाम भवनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने र राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव कृष्णबहादुर राउत विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री कार्कीले बताउनुभयो । 

एक प्रश्नको जिज्ञासामा मन्त्री कार्कीले सरकारले जानकारी दिनुपर्नेे विषयवस्तुलाई  जानकारी दिएको, निर्णय गोप्य नराखिएको र सूचनाको हकप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते