२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यविन्दुमा तीन करोडका योजना थपिए

२२ पुष २०७८, बिहीबार ११:१५

पुस २२, काठमाडौँ | नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरभित्र रु तीन करोडभन्दा बढीको योजना थप गरेको छ । नगरपालिकाको दशौँ नगरसभाका क्रममा सो रकम बराबरका नगरस्तरीय योजना थप गरिएको हो । 

नगर उपप्रमुख ओमकुमारी महतोका अनुसार समपूरक बजेटबाट थप भएका योजनामा गिरुबारी खोला र अरुणखोला तटबन्धनका लागि रु एक÷एक करोड विनियोजन भएको छ । गत कात्तिक पहिलो साता गिरुवारी र अरुणखोलामा आएको बाढीले धेरै क्षति गरेको थियो । 

नगरसभाले अनुमानित राजस्व तथा अनुदान प्राप्तिसमेत संशोधन गरेको छ । यस अघिको नगरसभामा अनुमानित आय रु एक अर्ब दुई करोड ३५ लाख रहेकामा आज सम्पन्न नगरसभाले उक्त रकम संशोधन गरी रु एक अर्ब पाँच करोड ४२ लाख पारित गरेको छ । 

चालू आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनको अर्धवार्षिक प्रगति समीक्षा प्रस्तुत गर्दै २०७८ पुस १५ गतेसम्म चालूतर्फ २४.१३ प्रतिशत र पुँजीगततर्फ ५.५४ प्रतिशत रकम खर्च भएको उपप्रमुख महतोले जानकारी गराउनुभयो । यस अवधिमा चालूतर्फ रु १३ करोड १३ लाख ७६ हजार तथा पुँजीगततर्फ रु दुई करोड ६६ लाख खर्च भएको उहाँले बताउनुभयो ।

 नगरसभामा नगरप्रमुख चन्द्रबहादुर रानाले सबै वडामा स्वास्थ्य संस्थाको स्थापना, सडक पूर्वधारको निर्माण, खानेपानी आयोजना, नगरको सुविधा सम्पन्न आफ्नै भवन, विभिन्न ठूला योजनाको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारलगायत काम भएको बताउनुभयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य