पुस २३, काठमाडौँ । शहीद स्मारक ‘ए’डिभिजन लिगअन्तर्गत आजदेखि सुरुआत भएको आठौँ चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, काठमाडौँ । शहीद स्मारक ‘ए’डिभिजन लिगअन्तर्गत आजदेखि सुरुआत भएको आठौँ चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले"/>
2026-09-22 11:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सङ्कटा र सातदोबाटोको खेल बराबर

पुस २३, काठमाडौँ । शहीद स्मारक ‘ए’डिभिजन लिगअन्तर्गत आजदेखि सुरुआत भएको आठौँ चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले १–१ गोल गरेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक एक गोल गरेका थिए । 

सातदोबाटोका लागि सुशील राईले गोल गर्दा उता सङ्कटाका लागि जया गुरुङले बराबरी गोल फर्काएका थिए । खेलको २३औँ मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । निरज बस्नेतको ब्याक पासमा गोलरक्षक राजाबाबु थापाले गल्ती गरेपछि राजाबाबुले क्लियर गरेको बल सुशीलको घुँडामा लाग्दै गोलमा परिणत भएको थियो । 

सातदोबाटोको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ३२औँ मिनेटमा सङ्कटाका खेलाडी जयाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । दीपेश आलेमगरको पासलाई उनले करिब ३० यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो । खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको हो ।  यस बराबरी खेलसँगै अपराजित रहेको सङ्कटा ८ खेलबाट १४ अङ्क जोडेर अङ्कतालिकाको तेस्रो स्थानमा पुगेको छ भने समान खेल खेलेको सातदोबाटो ९ अङ्क जोडेर अङ्क तालिकाको आठौँ स्थानमा पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो