२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमृतसहरमा १३ जना कोभिड संक्रमित क्वारेन्टिनबाट भागेपछि…

२३ पुष २०७८, शुक्रबार ११:४७

पुस २३, काठमाडौँ | इटालीबाट भारत आएका कम्तीमा १३ जना कोभिड–१९ संक्रमित संस्थागत क्वारेन्टिनबाट भागेका छन् । बुधबार अपरान्ह चार्टड फ्लाइटमा मिलानबाट १२५ कोभिड संक्रमित यात्रुहरू पञ्जाबको अमृतसहर आएका थिए ।

तीमध्ये ९ जना विमानस्थलबाट र अरू चारजना एउटा स्थानीय अस्पतालबाट भागेका नगर अधिकारी शेरजंग सिंहले बताए । उनीहरूविरुद्ध मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । भारतमा शुक्रबार एक लाख भन्दा बढी संक्रमित भएको बताइएको छ । विज्ञहरू ओमिक्रोन भेरियन्टका कारण तीव्र रूपमा संक्रमण वृद्धि भएको ठान्छन् ।

इटालीबाट भारतका लागि भएको सो उडानमा कुल एक सय ६० यात्रु थिए । करिब १९ जना बालकालिका एवं शिशुको भने परीक्षण गरिएन ।टिभी फुटेजहरूले संक्रमितहरूलाई अस्पताल लान लामबद्ध एम्बुलेन्सहरू देखाएका छन् । सबै संक्रमितलाई अमृतसरको गुरु नानक देव अस्पतालमा भर्ना गरिएको अधिकारीले बताएका छन् ।

ती यात्रुहरू कसरी भागे भन्ने स्पष्ट भएको छैन । तर, उनीहरूले स्वास्थ्यकर्मीहरूलाई झुक्याएको हुन सक्ने अधिकारीको भनाइ छ । प्रहरीले उनीहरूको राहदानी रद्द गर्ने प्रक्रिया सुरु गरेको बताएको छ । “उनीहरू बिहानसम्म फर्किएनन् भने हामीले उनीहरूको फोटो पत्रिकामा छाप्छौँ र उनीहरू विरुद्ध मुद्दा दर्ता गर्छौं,” अमृतसहरका डेपुटी कमिसनर गुरप्रीत सिंह खेराले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ