Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बार्सिलोना बराबारीमा रोकियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २५, काठमाडौँ | स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ ।  शनिबार राति ग्रानडामा भएको खेलमा बार्सिलोना घरेलु टोली ग्रानडासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

१० खेलाडीमा सिमित बार्सिलोनाका लागि लुक डि जोङले गोल गरेका थिए । जोङले खेलेको ५७ औं मिनेटमा गरेको गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, खेलको अन्तिममा ग्रानडाका एन्टोनियो पोर्टासले बराबरी गोल फर्काएका थिए ।

खेलको ७९औं मिनेटमा पाब्लो गाभिरा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

योसँगै बार्सिलोना २० खेलबाट ३२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । २४ अंकसहित ग्रानडा १२औं स्थानमा रहेको छ । त्यस्तै शनिबार भएको अर्काे खेलमा लेभान्टेले रियल मलोर्कालाई २–० ले तथा रियल सोसिडाडले सेल्टा डि भिगोलाई १–० ले पराजित गरेको छ ।