पुस २६, कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण आगामी माघ ६ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।

‘खेलकुद "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण आगामी माघ ६ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।

‘खेलकुद "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आहा ! रारा गोल्डकप फुटबलको २०औँ संस्करण माघ पहिलो साता

२६ पुष २०७८, सोमबार ०८:४१

पुस २६, कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण आगामी माघ ६ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।

‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा आयोजित सो प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, आयोजक सहारा र एक विदेशीसहित १० टोलीको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा नेपालका ‘ए डिभिजन क्लब’ सङ्कटा फुटबल क्लब, मछिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, विवाइएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता रहने क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिनुभयो ।

अघिल्लो संस्करण नेपालको ए डिभिजन क्लब सङ्कटाले उपाधि जितेको थियो भने उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन रहेको थियो । विसं २०५५ मा स्थापना भएको सहारा क्लबले आयोजना गर्ने यो प्रतियोगितालाई पोखराको पर्यायवाचीका रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकका रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालीको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

प्रतियोगितामा कूल अनुमानित आम्दानी रु एक करोड ३६ लाख एक हजार र अनुमानित खर्च रु एक करोड छ लाख ४८ हजार ५०० रहेको क्लबले जनाएको छ । क्याराभान गोल्ड कपसहित यो प्रतियोगिता २१ वर्षदेखि निरन्तर सञ्चालित छ । प्रतियोगिताबाट बचत रकम क्लबद्वारा  सञ्चालित ‘सूर्यबहादुर केसी’ स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिँदै आएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

हाल तेस्रो व्याचका रुपमा सो एकेडेमीमा १४ जिल्लाका २४ बालक आश्रित  छन् । विसं २०६१ देखि आश्रित बालकको भरणपोषण आवासीयरुपमा निःशुल्क स्वास्थ्य, शिक्षालगायत फुटबल प्रशिक्षणलगायतका कार्य क्लबले गर्दै आएको छ । एकेडेमीको सञ्चालनको मुख्य स्रोत नै प्रतियोगिता रहेको छ ।

गत वर्ष सम्पन्न प्रतियोगिताबाट कूल आम्दानी रु ७६ लाख ५० हजार ६४७ र खर्च रु ६३ लाख एक हजार १९९ भएको तथा रु १३ लाख ४९ हजार ४४७ बचत भएको कार्यक्रममा जानकारी दिइएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो