Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पाहुना गएका बुढाथोकीको हत्या

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २७, काठमाडौँ | मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको छ। उनको हत्या आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बुढाथोकी पक्राउ परेका भुजेलको घरमा पाहुना आएका थिए। सोमबार बेलुका भुजेलको आगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो। प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरोले प्रहार गरेको देखिन्छ।

वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीय शिक्षक राजेन्द्र खतिवडाका छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनका अनुसार केही दिनयता मृतक बुढाथोकी भुजेलको घरमा बसेका थिए। बुढाथोकीको घर लेटाङमै भएपनि आफ्नो घरमा भने नबस्ने गरेको स्थानीयले बताएका छन्।

सोमबार बेलुका मृतक र हत्या आरोपी बृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन्। मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले हत्याको अनुसन्धान भइरहेको बताए।