पुस २९, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अङ्कले उकालो लागेर दुई हजार ८५७.७५ मा पुगेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अङ्कले उकालो लागेर दुई हजार ८५७.७५ मा पुगेको छ । 
६ कार्तिक २०८१, मंगलवार
अर्थ/विकास

नेप्सेमा उच्च अङ्कको वृद्धि

२९ पुष २०७८, बिहीबार १०:३३

पुस २९, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अङ्कले उकालो लागेर दुई हजार ८५७.७५ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९४ अङ्कले वृद्धि भइ ५३०.८३ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर रु ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख २० हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट देखिएको छ । सो उपसमूह ३.४१ अङ्कले ओरालो लाग्दा बैंकिङ ९.८७, व्यापार ८३.४५, होटल तथा पर्यटन ३५.६९, विकास बैंक १४७.६५, जलविद्युत् १५८.४७, वित्त ९२.५९, निर्जीवन बीमा २८८.५६, उत्पादन १२७.३३, लघुवित्त १७४.३४, जीवन बीमा ३४९.६१, सामूहिक लगानी कोष ०.१५ र लगानी ३.०५ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३४ करोड ३१ लाख ४३ हजार २४५ बराबरको कारोबार भयो । यस्तै अपिपावर कम्पनी रु २३ करोड २३ लाख ३० हजार ९७०, नेपाल पूर्वाधार बैंक रु २२ करोड २९ लाख ११ हजार ७१७, एचआइडिसीएल रु २१ करोड ९४ लाख ६४ हजार ६६८ र हिमालयन डिस्टिलरी रु १४ करोड ४९ लाख ९२ हजार ३३४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार मध्य भोटेकोसी जलविद्युत् कम्पनी ९.९८, माउण्टेन हाइड्रो ९.४४, कर्णाली डेभलपमेन्ट बैंक ९.३५, शिवश्री हाइड्रोपावर ९.०१ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ८.५४ प्रतिशतले कमाए ।  त्यस्तै नबिल डिवेञ्चर २.०३, एनआइसी एशिया सेलेक्ट फण्ड १.४१, नारायणी डेभलपमेन्ट बैंक १.१९, राष्ट्रिय बीमा कम्पनी एक तथा  स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ०.९९ प्रतिशतले गुमाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश