2026-09-22 10:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ए डिभिजन लिग : एपिएफ विजयी

पुस २६, काठमाडौँ | सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गरेको छ। पहिलो हाफको इन्जुरी समयमा नवीन लामाको कर्नरमा आभास लामिछानको हेडर गोल नै एपिएफलाई जित दिलाउन पर्याप्त बन्यो।

त्यसको एक मिनेटपछि नै एपिएफका गोलकिपर युया कुरियामाले मिलन राईको प्रहार रोक्दा रिबाउन्डमा प्राप्त बलमा मुताम्बा पिस्टोनले गरेको प्रहार आकासिँदा हिमालयनले बराबरी गर्ने अवसर गुमायो। यसअघि खेलको दोस्रो मिनेटमै स्ट्राइकर आशिष लामाको गोलमा एपिएफले अग्रता लिएको थियो। तर, सो गोलले अफसाइड भएको भन्दै मान्यता नपाएपछि एपिएफ निराश बन्यो।

२० औं मिनेटमा मनिष थापाको कर्नरमा आशिष गुरुङको हेडर क्रसबारमा लागेर फर्कंदा हिमालयन शेर्पाले गोल गर्ने अवसर गुमाएको थियो। ६३ औं मिनेटमा मिलनको कर्नरमा उजरिच सिइबीले गरेको हेड बारिरिँदा हिमालयनले खेलमा फर्कने अवसर गुमायो।

७०औं मिनेटमा अर्मान्डले गरेको प्रहार हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले रोक्दा एपिएफले अग्रता दोब्बर बनाउन सकेन। एपिएफले ९ खेलमा १० अंकसहित आठौं स्थानमा उक्लिएको छ। समान खेलमा ११ अंकसहित हिमालयन शेर्पा छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो