२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ए डिभिजन लिग : एपिएफ विजयी

३० पुष २०७८, शुक्रबार १०:४३

पुस २६, काठमाडौँ | सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गरेको छ। पहिलो हाफको इन्जुरी समयमा नवीन लामाको कर्नरमा आभास लामिछानको हेडर गोल नै एपिएफलाई जित दिलाउन पर्याप्त बन्यो।

त्यसको एक मिनेटपछि नै एपिएफका गोलकिपर युया कुरियामाले मिलन राईको प्रहार रोक्दा रिबाउन्डमा प्राप्त बलमा मुताम्बा पिस्टोनले गरेको प्रहार आकासिँदा हिमालयनले बराबरी गर्ने अवसर गुमायो। यसअघि खेलको दोस्रो मिनेटमै स्ट्राइकर आशिष लामाको गोलमा एपिएफले अग्रता लिएको थियो। तर, सो गोलले अफसाइड भएको भन्दै मान्यता नपाएपछि एपिएफ निराश बन्यो।

२० औं मिनेटमा मनिष थापाको कर्नरमा आशिष गुरुङको हेडर क्रसबारमा लागेर फर्कंदा हिमालयन शेर्पाले गोल गर्ने अवसर गुमाएको थियो। ६३ औं मिनेटमा मिलनको कर्नरमा उजरिच सिइबीले गरेको हेड बारिरिँदा हिमालयनले खेलमा फर्कने अवसर गुमायो।

७०औं मिनेटमा अर्मान्डले गरेको प्रहार हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले रोक्दा एपिएफले अग्रता दोब्बर बनाउन सकेन। एपिएफले ९ खेलमा १० अंकसहित आठौं स्थानमा उक्लिएको छ। समान खेलमा ११ अंकसहित हिमालयन शेर्पा छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?