१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पार्टीमा कुनै असहजता छैन–केन्द्रीय सदस्य गच्छदार

२ माघ २०७८, आईतवार १०:०५

माघ २,  विराटनगर | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उहाँले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोनित गरिसक्नुभएको प्रसङ्ग उल्लेख गर्नुभयो । उहाँले अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ताबीचमा देखिने दूरी स्वभाविक भएको र यो विस्तारै कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीमा स्थानीय तहदेखि केन्द्रसम्म स्वस्थ प्रतिस्पर्धा भएकोले केही उतार चढाव हुनु स्वभाविक हो भन्दै यसलाई आफूले पनि स्वाभाविक रुपमा लिएको स्पष्ट गर्नुभयो । 

उहाँले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्नुपर्ने धारणा पनि राख्नुभयो । उहाँले तीनै तहको निर्वाचन एकै पटक वा अलगअलग गर्ने भन्ने विषयमा निर्वाचन आयोगले तयारी गरिरहेको पनि बताउनुभयो । 

अधिवेशनका दौरानमा देखिएका नकारात्मक कुरालाई विर्सेर नेतृत्व पङ्क्ति एवं आम कार्यकता र नेताहरु आगामी दिनमा एक ढिक्का भइ अघि बढ्नुपर्ने उहाँको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार