सिन्धुपाल्चोक | हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको श्री इञ्जिनीयरिङ वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिन्धुपाल्चोक | हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको श्री इञ्जिनीयरिङ वि"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चनौटेमा बेलिब्रिज निर्माण अन्तिम चरणमा

४ माघ २०७८, मंगलवार ०५:५४

माघ ४, सिन्धुपाल्चोक | हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको श्री इञ्जिनीयरिङ विभागले पुल निर्माणको जिम्मा पाएलगत्तै दैनिक ६० जना सैन्य जनशक्तिले दुई महिना भित्रनै पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

लम्ची खोलामा गत असार १ गते गएकोे बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका ११ वटा झोलुङ्गे पुल र ७ वटा पक्की पुल बगाएपछि एकमात्र विकल्पमा रहेको चनौटेको रातोपुलसमेत साउन १६ गते बगाएपछि त्यस भेगका झण्डै १५ हजार स्थानीय प्रत्यक्ष प्रभावित बनेका थिए । 

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्मको मुख्य प्रवेश मार्गसमेत रहेको चनौटे रातोपुलमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा रहेको र उद्घाटन केही दिनमा गरिने सेनाका प्राविधिक भीमसेन थापाले जानकारी दिनुभयो । 

रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालका रूपमा रेहेको बेलिब्रिज बनाउन अर्थ मन्त्रालयको रु ९० लाख ५३ हजारको बजेट विनियोजन गरिएको थियो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाको सडक सञ्जाल मजबुत बनाउन बेलिब्रिजले महत्व राख्ने बताउँदै पर्यटकको आवतजावतमा समेत वृद्धि हुने अनुमान गर्नुभयो । 

पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते मेलम्चीका वडा ७ र ८ तथा पाँचपोखरीका १ र २ लगायतका ठाउँमा यातायात सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ