2026-09-03 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लास जलाएपछि खरानीको सुप बनाएर पिउने अनौठो संस्कार !

एजेन्सी | दुनियाँमा मानव समुदायका असंख्य परम्परागत संस्कार विद्यमान छन् । संसारमा समुदायपिच्छे मानिसहरुको अन्तिम संस्कार गर्ने तौरतरिका पनि फरक-फरक छ । दक्षिण अमेरिकामा एउटा आदिवासी समुदाय यस्तो छ जहाँ मानिसको मृत्युपछि लास पोलेर खरानीको सुप बनाएर खाने चलन छ ।

लास जलाएको खरानीको सुप बनाएर खाने चलन भएको आदिवासी समुदायको नाम यानोमामी हो । कतिपय रिपोर्ट अनुसार त यो समुदायमा मृतक मानिसको मासु पनि खाने चलन छ ।

यो जनजाति समुदायलाई यानम वा सेनेमा पनि भनिन्छ । दक्षिण अमेरिकाका ब्राजिल, भेनेजुलयलालगायतका देशमा यो आदिवासी समुदायको बसोबास छ । यस समुदायको सभ्यता पश्चिमी सभ्यता पश्चिमी सभ्यताभन्दा विल्कुलै फरक छ ।

यो समुदायमा मृत्यु संस्कार निकै निकै अनौठो छ जसलाई एन्डोक्यानिबेलिज्म भनिन्छ । जस अन्तरगत मानिसहरुले आफ्नो परिवारका मृतक व्यक्तिको मासु खाने गर्दछन् । यो जनजातिमा कुनैपनि व्यक्तिको मृत्यु भएपछि लासलाई पातपतिंगर वा अन्य चिजवीजहरूले ढाकेर राखिन्छ । परिवारका सदस्यले मासु खाएर बँचेको सरीरको भाग जलाइन्छ र त्यसरी जलाएर बनेको खरानीको सुप बनाएर पिउने गरिन्छ ।

मृत्युपछि मृतकको आत्माको रक्षा गर्नुपर्दछ भन्ने मान्यतामा यो समुदायमा यस्तो डरलाग्दो अन्तिम संस्कारको चलन रहिआएको छ । मृतकको शरीरलाई उसका आफन्तहरूले खाएमा मात्रै उसको आत्मालाई शान्ति मिल्ने परम्परा यो आदिवासीमा रहेको छ ।

कालगतिले मरेको मानिसको मासु र खरानी परिवारका सबै सदस्यले खाने तर हत्या भएको मानिसको लासको खरानीचाहिँ केवल महिलाले मात्र खाने चलन यो समुदायमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही