१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

५ माघ २०७८, बुधबार १४:४८

माघ ५, काठमाडौँ । कोरोना संक्रमणको महामारीकै बीच आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३/३ रुपयाको दरले मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ पुगेको छ । यस अघिनै निगमले मूल्य वृद्धि गरेको बिरोध गरिएको थियो । 

निगमले गत कात्तिक २४ मा मूल्य समायोजन गरेको थियो । मूल्य वृद्धि गर्नुपर्नुको कारणबारे निगमले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो पटक मूल्य समायोजन गर्दा कच्चा तेलको मूल्य अमेरिकी डलर ८९ प्रति व्यारोल रहेको अवस्था भएको र हाल उक्त मूल्य बढेर ८९ अमेरिकी डलर प्रति ब्यारोल पुगिसकेको उल्लेख गरेको छ । निगमले थप जानकारी दिंदै भनेको छ 'इन्डियन आयल कर्पोरेशनबाट केहि दिन अघि जनवरी १६ मा प्राप्त नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १३.१८, डिजेलमा ८.८१ तथा प्रति सिलिन्डर एलपी ग्यासमा रु. ६४६.१६ घाटा काम भएको निगमलाई १५ दिनमा करीव २ अर्व २४ करोड घाटा हुने स्थिति देखिएको व्यहोरा निगमले यस अघि माग ३ गते प्रेषित विज्ञप्तिमा सार्वजनिक गरिसकेको थियो ।' 

निगमले चालु आर्थिक बर्षमा १२ पटक नयाँ मूल्य पाएपनि ३ पटक मात्र मूल्य वृद्धि गरेको जनाएको छ । निगमका अनुसार चालु आर्थिक बर्षमा मात्र निगमले १९ अर्व २६ करोड घाटा व्यहोरीसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन