१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, सोमपाल र विनोद परेनन्

६ माघ २०७८, बिहीबार ०९:५४

माघ ६, काठमाडौँ | आइसिसी टी-२० विश्वकपअन्तर्गत विश्व छनोटका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।

प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगिता सकिएको भोलिपल्ट नेपाल क्रिकेट संघ (क्यान) ले १६ सदस्यीय टिम घोषणा गरेको हो। टिममा प्रधानमन्त्री कपमा उत्कृष्ट खेलेका खेलाडीले स्थान पाएका छन्। 

टिममा तीव्र गतिका बलर सोमपाल कामी समावेस छैनन्। उनले प्रधानमन्त्री कपमा प्रभावकारी खेल देखाउन सकेका थिएनन्। यस्तै टिममा विकेटकिपर विनोद भण्डारी पनि परेका छैनन्। 

नेपाली टिम

सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम। 

टिममा सोमपाल नपर्दा अर्का तीव्र गतिका बलर जितेन्द्र मुखियाले पुनरागमन गरेका छन्। प्रदीप ऐरी पनि टिममा पर्दा युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादवले पहिलो पटक स्थान बनाएका छन्। 

विश्व छनोटको समूह विभाजनमा नेपाल समूह 'ए' मा  छ। समूहमा नेपालसहित आयरल्यान्ड, ओमान,  बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्।

विश्व छनोट आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।

१६ टिमबीच प्रतिस्पर्धा हुने टी-२० विश्वकपमा १२ टिम भने छनोट भइसकेका छन्।

सन् २०२१ को टी-२० विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सन् २०२२ को टी-२० विश्वकपमा स्थान सुरक्षित गरेका थिए। अस्ट्रेलिया आयोजकको हैसियतमा यसअघि नै विश्वकपमा छनोट भइसकेको थियो।

सन् २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउन लागि नेपालले विश्व छनोटमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ। ८ टिमको समूहमा उत्कृष्ट दुई भित्र पर्न सके मात्र नेपालले ८ वर्षपछि टी-२० विश्वकप खेल्नेछ।

२०२२ विश्व छनोट

समूह ए (ओमान – १५ देखि २५ फेब्रुअरी २०२२) – नेपाल, आयरल्यान्ड, ओमान,  बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई – दुई टिम विश्वकपमा पुग्ने 

समूह बी (जिम्बावे – ८ देखि १८ जुलाई २०२२) – जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका – दुई टिम विश्वकपमा पुग्ने 

२०२२ टी–२० विश्वकप 

आयोजक – अस्ट्रेलिया 

आइसिसी टी-२० विश्वकप २०२१ को सुपर १२ मा पुगेका –११ टिम (अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज)

विश्व छनोट समूह ए – २ टिम 

विश्व छनोट समूह बी – २ टिम 

जम्मा– १६ टिम

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना