माघ ६, वीरगञ्ज | वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । 

यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, वीरगञ्ज | वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । 

यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा का"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वीरगञ्ज भन्सार कार्यालयले रु एक खर्ब पाँच अर्ब राजस्व सङ्कलन

६ माघ २०७८, बिहीबार १०:३३

माघ ६, वीरगञ्ज | वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक खर्ब पाँच अर्ब ९० करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । 

यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु एक खर्ब २२ करोड १५ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको सोही अवधिको तुलनामा रु ३२ अर्ब बढी राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।  

कुन शीर्षकमा कति राजश्व ?

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले सबैभन्दा बढी मूल्यअभिवृद्धि करतर्फ रु ४१ अर्ब तीन करोड ४५ लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ३२ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु ३१ अर्ब १२ करोड ९५ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । 

यसैगरी कार्यालयले सो अवधिमा भन्सार महसुल आयाततर्फ रु ३८ अर्ब ५७ करोड ७३ लाख १४ हजार र भन्सार महसुल निर्याततर्फ रु एक करोड ३२ लाख १९ हजार मात्र राजस्व सङ्क्रकन गरेको छ । भन्सार महसुल निर्याततर्फ लक्ष्यको तुलनामा १९ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । सो अवधिमा कार्यालयले भन्सार महसुल निर्याततर्फ रु ६ करोड ९९ लाख ७६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । 

त्यस्तै सो अवधिमा कार्यालयले अन्तःशुल्कतर्फ रु १२ अर्ब २६ करोड ८१ लाख ६४ हजार र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करतर्फ रु सात अर्ब ९७ करोड ३२ लाख ३२ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालय वीरगञ्जले जनाएकोे छ । यसैगरी कार्यालयले सो अवधिमा अग्रिम आयकरतर्फ रु १४ करोड ६८ लाख ९० हजार, स्वास्थ्य जोखिम करतर्फ ८३ लाख ६५ हजार, कृषिसुधार शुल्कतर्फ रु ७३ करोड ६३ लाख ७६ हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ रु दुई अर्ब ३९ लाख ९५ हजार राजस्व र अन्य आय शीर्षकमा रु पाँच करोड ५७ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ ।

गतवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष बढेकाले चालु आवमा आयातसँगै राजस्वमा सङ्कलनमा पनि सुधार भएको छ । यो वर्षको सुरुआतसँगै आयात उल्लेख्य बढेर विदेशी विनिमयमा दबाब देखिएको छ ।

विदेशी मुद्राको सञ्चित घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन