१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेलको मूल्य आकाशिदै गर्दा यूरोपमा विद्युतीय कारको विक्री बढ्यो, नेपालमा के होला ?

८ माघ २०७८, शनिबार ०१:१८

एजेन्सी | विश्वबजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको छ । आज कच्चा तेलको मूल्य प्रतिब्यारल ९० डलर कटेको छ । दैनिक एक डलरभन्दा बढी दरले मूल्यवृद्धि भइरहेको छ ।

तेलको मूल्य अझै बढ्ने आँकलन गरिएको छ । रुसले युक्रेनमाथि हमला गर्ने हल्ला देखि उत्पादक देशहरुले उत्पादन नबढाउँदा मूल्य आकाशिने अवस्था बनेको हो ।

तेलको मूल्य बढेसँगै यूरोपमा विद्युतीय सवारीमा जोड दिन थालिएको छ । यूरोपमा विद्युतीय सवारीको विक्रीले नयाँ किर्तिमान तोडेको छ । डिजेल गाडीभन्दा विद्युतीय गाडीको विक्री डिसेम्बरमा बढी रहेको तथ्यांक सार्वजनिक भइसकेको छ । जनवरीमा पनि विक्री बढिरहेको उल्लेख छ ।

बेलायतमा टेस्ला मोडल ३ कार गत वर्ष बढी बिकेको छ । तर, यसप्रकारका विद्युतीय कार डिजेल कारभन्दा तीन गुना बढी मूल्यका छन् ।

फाइनान्सियल टाइम्सको तथ्यांक अनुसार २०२१ को अन्तिमतिर विद्युतीय कार विक्रीले डिजेल कारको विक्रीलाई उछिनेको छ । पश्चिम यूरोपमा १ लाख ७६ हजार विद्युतीय कार विक्री हुँदा डिजेल कार १ लाख ६० हजार विक्री भएको छ । विद्युतीय कारको मूल्य बढी भएकाले उपभोक्ता अझै उत्साही भएका छैनन् ।

नेपालमा पनि विद्युतीय कारमा आकर्षण बढेको छ । तर, विद्युतीय कारको मूल्य पेट्रोल र डिजेल कारभन्दा दोब्बरभन्दा बढी रहेको छ । तेलको मूल्य वृद्धिले भने उपभोक्ताहरुमा विद्युतीय कारप्रति आकर्षण बढ्ने देखिएको छ । तर, सरकारले कर नघटाउँदा मूल्यमा कमी आएको छैन । सरकारले विद्युतीय सामाग्री प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको भनिएपनि कार्यान्वयनमा आएको छैन । जसका कारण विश्वबजारमा तेलको मूल्य वृद्धि हुँदा देशको ठूलो धनराशी बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन