१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुख्यमन्त्री पाण्डेद्वारा औद्योगिक क्षेत्रको निरीक्षण

९ माघ २०७८, आईतवार ०५:०९

माघ ९, चितवन | शक्तिखोर औद्योगिक क्षेत्रको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निरीक्षण गर्नुभएको छ । प्रदेशका मन्त्रीसहित उद्योगी–व्यवसायीको उपस्थितिमा शनिबार उहाँले सो क्षेत्रको निरीक्षणका साथै जानकारी लिनुभएको हो ।सो अवसरमा मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्र छिटो सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो “यो आयोजना सम्पन्न गर्न धेरै रकम खर्च हुने र सबै एकैपटक सम्पन्न गर्न कठिन हुने हुँदा चरणबद्ध काम सम्पन्न गर्न सङ्घीय सरकारलाई आग्रह गरिने छ । साथै भरतपुरमा बन्दै गरेको औद्योगिक प्रदर्शनी केन्द्रलाई बजेट विनियोजन गराएर सम्पन्न गराउन आफ्नो सहयोग रहने छ । ”

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल, श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल ,प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णराज पन्त, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, बागमती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष भेषराज दुवाडी, उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेल,  उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठलगायतको सो अवसरमा उपस्थिति थियो ।

शक्तिखोरमा एक हजार ७४१ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउन विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भएको छ । रुख कटान गरी थप कामका लागि प्रक्रिया अघि बढेको छ । विसं २०७४ बाट प्रक्रिया अघि बढाइएको भए पनि काम  सुस्तगतिमा अघि बढेको हो । उद्योगी व्यवसायीले छिटो औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउन अनुरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन