३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब खेलकुदमा पनि निजी क्षेत्रसँग सहकार्य !

९ माघ २०७८, आईतवार ०५:१६

माघ ९, काठमाडौँ | सरकारले खेलकुद क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य बढाउने सोच अघि सारेको छ । निजी क्षेत्रको सहभागिता र सहकार्यले नेपालको खेलकुदको विकास र विस्तारका लागि ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मुलुकको खेलक्षेत्रको विकास मन्त्रालयको मूल प्राथमिकतामा रहेता पनि निजी क्षेत्रसँग पनि सहकार्य अघि बढाउने सोच बनाइएको बताउनुभयो । रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “आगामी बर्षको बजेटमा खेलकुदको विकासमा निजी क्षेत्रको सहकार्य प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउने सोच बनाएका छौँ ।”

निजी क्षेत्रका बैंक तथा वित्तीय सङ्घसंस्थाले अहिले नै पनि खेलाडी उत्पादन र विभिन्न खेलकुद प्रतियोगितामा प्रायोजन गरी खेलकुद क्षेत्रको विकास र विस्तारमा योगदान पु¥याउँदै आएका छन् । निजी क्षेत्रबाट खेल पूर्वाधार तयार निर्माण र खेलाडी उत्पादनमार्फत देशको खेल क्षेत्रको नतिजा अब्बल तुल्याउन अझै योगदान हुने आशा गरिएको छ ।

सचिव डा रेग्मी भन्नुहुन्छ, “सरकारी क्षेत्रबाट मात्रै खेल क्षेत्रका विकास गर्छुभन्दा अधुरो र अपूरो हुन्छ । निजी क्षेत्र हरक्षेत्रमा प्रखर र प्रवल साझेदारका रूपमा रहिआएको छ । खेल क्षेत्रमा पनि निजी क्षेत्रबाट वित्तीय र अरु सङ्घसंस्थाका माध्यमद्वारा सहयोग हुँदै आएको छ ।”

पछिल्लो समय राजधानीलगायतका देशका मुख्य सहरमा निजी क्षेत्रका माध्यमद्वारा फुटसलको ह्वात्तै विस्तार भएको छ । फुटसल विस्तारले पनि खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढ्दै गएको पुष्ट्याइँ गरेको छ । खेल पूर्वाधार र मैदान निर्माणमा पनि निजी क्षेत्रको सहभागिता बढ्दै गएको पाइएको छ ।

मानव जीवनलाई स्वस्थ्य, अनुशासित एवं सक्रिय तुल्याउने भरपर्दाे माध्यमका रूपमा रहेको खेलकुदले राष्ट्रिय एकता सुदृढ र भाइचारा अभिवृद्धि गर्न ठूलो योगदान पु¥याउँछ । स्वस्थ्य, सक्षम र अनुशासित नागरिक तयार गर्न खेलकुद तथा खेलाडीमा योजनाबद्ध लगानी गर्ने र खेलकुदलाई राष्ट्रिय एकता सुदृढ गर्ने एवं अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने माध्यमका रूपमा विकास गर्ने नीति सरकारले लिएको छ ।

देशमा खेलकुदको विकासका लागि मुख्यरूपमा खेलाडी उत्पादन, खेल पूर्वाधार र प्रतिस्पर्धी क्षमता प्रवद्र्धन गर्न प्रतियोगिता आवश्यक पर्छ । खेल क्षेत्रको विकासका लागि सरकारी संयन्त्रका रूपमा मन्त्रालय, खेलकुद परिषद्, प्रदेशमा सामाजिक विकास मन्त्रालय तथा स्थानीय तहमा शिक्षा, युवा तथा खेलकुद शाखासहितको संरचना सरकारले स्वीकृत गरेको छ । ती संयन्त्र सरकारी नीति, नियम, वार्षिक कार्यक्रम र वार्षिक बजेटअनुसार परिचालित हँुदै आएका छन् ।

भौगोलिक र हावापानीको विविधताका कारण नेपालका जुनसुकै क्षेत्रमा पनि खेलकुदको सम्भावना प्रवल छ । मुलुकको ठूलो हिस्सा पहाड र पवर्त रहेकाले नेपालमा सहासिक पर्वतीय खेलकुदको सम्भावना प्रशस्त छ । पर्वतीय खेललाई प्रोत्साहन गर्न यहीँ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्छ भन्ने पछिल्लो समय व्यापक आवाज उठेको छ । यसमा पनि निजी क्षेत्रको सहभागिता बढाउने सकिनेछ । विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमण जोखिम कम हुनासाथ निजी क्षेत्रसँग खेलकुदको विकासमा सहकार्यका लागि मन्त्रालयले छलफल गर्ने सचिव रेग्मीले बताउनुभयो । उक्त छलफलपछि मन्त्रालयले खेलकुदमा निजी क्षेत्रको संलग्नता बढाउन कार्यदल बनाएर काम गर्नेछ ।

हालकै नीति र नियमभित्रै सम्बोधन गर्न सकिने सम्भावनालाई तत्कालै सम्बोधन गरेर अघि बढ्ने मन्त्रालयले सोच अघि बढाएको छ । छिमेकी मुलुकमा खेलकुदको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले नेपालमा पनि निजी क्षेत्र प्रवल सहयोगी र साझेदार बन्न सक्छ भन्ने मन्त्रालयको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट