2026-10-12 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चैत्रसम्ममा १ खर्ब ५० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

माघ ९, काठमाडौँ | सरकारले चैत मसान्तसम्म १ खर्ब ५० रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसअघि पुस मसान्तसम्म ६ अर्ब ऋण उठाइसकेको सरकारले वार्षिक लक्ष्यको ४२.१ प्रतिशत चैत्रसम्ममा उठाउने भएको हो । 

राष्ट्र बैंकले आन्तरिक ऋणपत्र ट्रेजरी बिल, विकास ऋणपत्र, ५ वर्षका लागि नागरिक बचतपत्र र ५ वर्षकै लागि वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्नेछ ।

चैत मसान्तसम्म राष्ट्र बैंकले ४४ अर्बको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । जसमा २८ दिनको लागि ५ अर्ब, ९१ दिनको १२ अर्ब, १८२ दिनको लागि १२ अर्ब र ३६४ दिनको लागि १५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो ।

यस्तै चैत मसान्तसम्म ५४ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । जसमा २ वर्षका लागि १९ अर्ब ५० करोड, ४ वर्षका लागि २५ अर्ब र ५ वर्षका लागि १० अर्ब निष्काशन गर्ने भएको छ । यस्तै ५ वर्षका लागि नागरिक बचतपत्र पनि निष्काशन गर्नेछ । जसको रकम २ अर्ब रहेको छ ।

सरकारले आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकमार्फत विभिन्न विधि अपनाउने गरेको छ । जसमा ट्रेजरी बिल, विकास ऋणपत्र, ५ वर्षको लागि नागरिक बचतपत्र र ५ वर्षको लागि वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।

सरकारले वैशाखदेखि असारको अवधिमा धेरै आन्तरिक ऋण उठाउने छन् । उक्त तीन महिनाको अवधिमा ५५.४ प्रतिशत आन्तरिक ऋण उठाउने भएको छ । त्यो १ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ हुन आउँछ । त्यसका लागि टे«जरी बिलबाट ५५ अर्ब, विकास ऋणपत्रबाट ७५ अर्ब, ५ वर्षे नागरिक बचतपत्रबाट २ अर्ब र ५ वर्षे वैदेशिक रोजगार बचतपत्रबाट ५० करोड रुपैयाँ सरकारले ऋण उठाउने भएको छ ।

राष्ट्र बैंकले निष्काशन गर्ने ट्रेजरी बिल, विकास ऋणपत्र बोलकबोल विधिबाट निर्धारण गरिन्छ । नगरिक बचतपत्र ५ वर्षको लागि हुने गरेको छ । यसमा १० प्रतिशत ब्याज पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु