२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चोरहरुले एटिएम मेसिनलाई डोरीले कारसँग बाँधेर तानेर उखेले…

९ माघ २०७८, आईतवार ११:११

एजेन्सी | एटिएम मेसिनमा राखिएको पैसा चोर्नको लागि एटिएम मेसिन नै फुटाउने प्रयास गरेका घटनाहरु हामीले धेरै सुनेका छौं । चोरहरुले सकेसम्म कुनै तरिकाले एटिएम मेसिनलाई खोलेर वा फुटाएर त्यहाँ भएको पैसा चोर्छन् । तर, पछिल्लो समय चोरहरुको एक समूहले भने हदै गरेका छन् ।

यी चोरहरुले पहिले कटरको सहायताले सटर काटे । त्यसपछि एउटा डोरीले एटिएम मेसिनलाई बाँधे । उनीहरुले डोरीको अर्को टुप्पो कारसँग बाँधे । त्यसपछि उनीहरुले कार चलाएर एटिएम मेसिन नै उखेलिदिए । यसरी एटिएम मेसिन उखेलिँदा ठूलो आवाजका साथ विष्फोट भयो । आवाज सुनेपछि स्थानीयहरु उठेर घटनास्थलमा गए त्यो देखेर चोरहरु भागे ।

अवाज सुनेर स्थानीय उठेपछि चोरहरु डराएर पैसा नलिइ त्यत्तिकै भागेका थिए । चोरहरुले भारतको राजस्थानको जयपुरनजिकै लालसोट भन्ने ठाउँमा यसरी एटिएम मेसिन नै उखेलेको भारतीय अखबार दैनिक भास्करले जनाएको छ । घटनाको समयमा एटिएम मेसिनभित्र एक लाख रुपैयाँ भएको बताइएको छ ।

स्थानीयको सूचनापछि लालसोट थाना पुलिसले घटनास्थल गएर प्रारम्भिक जाँचपछि चोरहरुको खोजी सुरु गरेको छ । थाना प्रमुख अंकेश चौधरीका अनुसार सीसीटिभी फुटेजका आधारमा चोरहरुको पहिचान गरेर खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ