Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चोरहरुले एटिएम मेसिनलाई डोरीले कारसँग बाँधेर तानेर उखेले…

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | एटिएम मेसिनमा राखिएको पैसा चोर्नको लागि एटिएम मेसिन नै फुटाउने प्रयास गरेका घटनाहरु हामीले धेरै सुनेका छौं । चोरहरुले सकेसम्म कुनै तरिकाले एटिएम मेसिनलाई खोलेर वा फुटाएर त्यहाँ भएको पैसा चोर्छन् । तर, पछिल्लो समय चोरहरुको एक समूहले भने हदै गरेका छन् ।

यी चोरहरुले पहिले कटरको सहायताले सटर काटे । त्यसपछि एउटा डोरीले एटिएम मेसिनलाई बाँधे । उनीहरुले डोरीको अर्को टुप्पो कारसँग बाँधे । त्यसपछि उनीहरुले कार चलाएर एटिएम मेसिन नै उखेलिदिए । यसरी एटिएम मेसिन उखेलिँदा ठूलो आवाजका साथ विष्फोट भयो । आवाज सुनेपछि स्थानीयहरु उठेर घटनास्थलमा गए त्यो देखेर चोरहरु भागे ।

अवाज सुनेर स्थानीय उठेपछि चोरहरु डराएर पैसा नलिइ त्यत्तिकै भागेका थिए । चोरहरुले भारतको राजस्थानको जयपुरनजिकै लालसोट भन्ने ठाउँमा यसरी एटिएम मेसिन नै उखेलेको भारतीय अखबार दैनिक भास्करले जनाएको छ । घटनाको समयमा एटिएम मेसिनभित्र एक लाख रुपैयाँ भएको बताइएको छ ।

स्थानीयको सूचनापछि लालसोट थाना पुलिसले घटनास्थल गएर प्रारम्भिक जाँचपछि चोरहरुको खोजी सुरु गरेको छ । थाना प्रमुख अंकेश चौधरीका अनुसार सीसीटिभी फुटेजका आधारमा चोरहरुको पहिचान गरेर खोजी भइरहेको छ ।