2026-10-12 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल विश्वका भ्रष्ट मुलुकको ६३ औं स्थानमा

माघ ११, काठमाडौँ | संसारभरका देशमा भ्रष्टाचारको अवस्था निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले वार्षिक प्रतिवेदन जारी गरेको छ । 

उक्त प्रतिवेदनमा नेपाल विश्वका भ्रष्ट मुलुकको ६३ औं सूचीमा दर्ज भएको छ । संसारभरका १८० देशमा भ्रष्टाचारको स्थिती नियालेको थियो । जसमा नेपाल ११७ औं स्थानमा परेको छ ।  

गत वर्ष संसारभरका १८० देशमा भ्रष्टाचारको स्थिति नियालेको ट्रान्सपरेन्सीले नेपाललाई ११७ औं स्थानमा राखेको थियो । 

९ मंसिर २०७७ मा ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘ग्लोबल करप्सन ब्यारोमिटर ः एसिया, २०२०’ प्रकाशित ग¥यो । ब्यारोमिटर कुनै पनि मुलुकका नागरिकसँग त्यो देशको भ्रष्टाचारका विषयमा अनुभव र राय लिएर गरिएको सर्वेक्षण नतिजा हो । 

दशकौंदेखि उही सूची

१ कात्तिक २०६२ मा जारी गरेको सन् २००५ को भ्रष्टाचार सूचकांक ‘करप्सन परसेप्सन इन्डेक्स’ मा नेपाल बढी भ्रष्टाचार बढी हुने देशमा दर्ज थियो । त्यतिबेला नेपालले सयमा २५ अंक पाएको थियो । ३० भन्दा कम अंक पाउने मुलुकलाई अत्यधिक भ्रष्टाचार भएको र त्यो संस्थाहरुका साथै सामाजिक, राजनीतिक स्थायीत्वका लागि गम्भीर खतरा रहेको औंल्याइएको थियो । 

त्यसयता २०७७ सम्म आइपुग्दा पनि नेपालको भ्रष्टाचार सूचकांक जहाँको त्यहीं छ । ट्रान्सपरेन्सीले १५ माघ २०७७ मा जारी गरेको सन् २०२० को भ्रष्टाचार सूचकांकमा नेपालको स्थान ११७ नै छ । १८० देशको भ्रष्टाचार सूचकांक जारी गर्दा त्यसमा नेपालले सयमा ३३ अंक प्राप्त गरेको थियो । त्यस्तै, यो वर्ष पनि १८० देशको भ्रष्टाचार सूचकांक जार िगर्दा नेपालले ३३ अंक प्राप्त गरेको छ । 

२०६२ सालयता मुलुकको शासन व्यवस्था नै परिवर्तन भएको छ । शाहवंशीय एकतान्त्रिक राजतन्त्रबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगेको पनि १४ औं वर्ष लागिसकेको छ । यसबीचमा नयाँ संविधान जारी भएर मुलुकले संघीयताको अभ्यास गरिरहेको छ । 

राज्य संरचना नै परिवर्तन भएको र बग्रेल्ती कानुनी तथा संस्थागत सुधार गरेको सरकारी दावीका बावजुद भ्रष्टाचारको स्थिति परिवर्तन हुन सकेको छैन ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले संसारभरका मुलुकहरुको भ्रष्टाचार अवस्था हेर्छ । यही आधारमा हरेक वर्ष सूचकांक प्रकाशित गर्छ । संसारमा कुन देशमा भ्रष्टाचारको अवस्था कस्तो छ भन्ने बुझ्न यही संस्थाको रिर्पोटलाई आधार लिइन्छ । अन्तर्राष्ट्रिय निकाय र विदेशीहरुले मूलतः ट्रान्सपरेन्सी यिनै रिर्पोटका आधारमा विभिन्न देशहरुको अवस्थाबारे मूल्यांकन गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु