२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छ्याङ्दी हाइड्रोपावरको हकप्रद बिक्री खुला

२०७८, ११ माघ मंगलवार ०७:५३

माघ ११, काठमाडौँ | छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ तीन कित्ता शेयरको अनुपात (१०ः३)मा प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ९३ लाख दुई हजार ५०० बराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयरकोे बिक्री खुल्ला गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत पुस २० गतेसम्म कारोबार भई कायम कम्पनीका शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । जसका लागि कम्पनीले पुस २१ मा शेयरधनी दर्ता किताब बन्द अर्थात् बुकक्लोज गरेको थियो । जसअनुसार पुस २० सम्म कायम कम्पनीका शेयरधनीले हकप्रद शेयर खरिदका लागि आजदेखि आवेदन दिन पाउने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । 

शेयरधनीले नक्सालमा रहेको ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा ग्लोबल आइएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयका साथै  नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सि–आस्वा प्रणालीमार्फत शेयर दरखास्त फाराम बुझाउन सक्नेछन् । त्यस्तै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हकप्रदमा बिक्रीखुला भएको २१ दिनसम्म अर्थात् आगामी फागुन २ गतेसम्म आवेदन दिन सकिने छ । 

त्यस्तै धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ । हाल रु २९ करोड ७६ लाख ७५ हजार रहेको कम्पनीको चुक्ता पुँजी हकप्रद निष्काशन गरी बाँडफाँडपश्चात् रु ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी