Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज नेप्से ३.२९ अंकले बढ्दा : कारोबार रकममा भने गिरावट

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ १३, काठमाडौँ | शेयर बजार साताको कारोबारको अन्तिम दिन बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ३.२९ अंकले बढेर दुई हजार ७ सय ७९ दशमलब ९३ विन्दुमा पुगेको हो । बुधबार नेप्से ३८.४५ अंकले घटेर दुई हजार ७ सय ७६ दशमलब ६१ विन्दुमा बन्द भएको थियो ।

आज कारोबार रकममा भने गिरावट आएको छ । आज ३ अर्ब ३४ करोड ३४ लाख बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब ३१ करोड ३१ लाख बराबरको कारोबार भएको थियो ।

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी र सिडीबिडी हाइड्रोपावर डेलपमेन्ट कम्पनी रहेको छ । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३३८.२० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५०९.५० रुपैयाँ पुगेको छ । सिडीबिडी हाइड्रोपावर डेलपमेन्ट कम्पनीको शेयरमूल्य ८.७२ प्रतिशतले बढेर प्रतिकित्ता १०१० रुपैयाँ पुगेको  नेप्सेले जनाएकाे छ ।

नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ ।