2026-08-24 02:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा उच्च अंकको वृद्धि, ६ अर्ब ३२ करोडको कारोबार

माघ १६, काठमाडौँ | आज शेयर बजार उच्च अंकले बढेको छ। शनिबार सम्पन्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्र स्थानिय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेपछि यस दिन बजार बढेको हो।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३.८० प्रतिशत बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १०५.५५ अंक बढेर २८८५.५३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको छ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३.८० प्रतिशत बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १०५.५५ अंक बढेर २८८५.५३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३१ कम्पनीको ८१ हजार ७०६ पटकको कारोबारमा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेसँगै भोल्यूम पनि बढेकोले दोस्रो बजारका लगानीकर्ताहरु उत्साहित देखिएका छन्।

नेप्से बढेसँगै यस दिन ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने हिमालयन उर्जा, प्रोग्रेशिभ फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र कर्णाली डेभलमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन कुल ११ कम्पनीको मात्र मूल्य घटेको छ। जसमध्ये अधिकांश ऋणपत्र र म्युचुअल फण्डहरु रहेका छन्। कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, यस दिन नेपाल टेलिकम र एचआईडिसीएलको २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको करिब २२ करोडको शेयर किनबेच भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ६.५६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ६.३४ प्रतिशत बढेको छ भने लगानी उपसमूहको ६.३६ प्रतिशत बढेको छ।

त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक साढे ४ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो